Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थर्ड आई टिमले लण्डनमा अवार्ड गर्दै

फिल्मीखबर, काठमाडौं, 2019/12/24
 
पछिल्लो समय नेपाली फिल्मको अवार्ड विदेशमा गर्ने ट्रेन्ड नै बनेको छ । अवार्डका लागि बलिउडले नेपाल रोज्दै गर्दा नेपाली अवार्ड आयोजकहरु भने अमेरिका, दुबई, मलेसिया, हङकङ, लण्डन, जापानलगायतका देशतर्फ आकर्षित छन् । केही वर्षयता नेपाल र विदेशमा लगभग उही संख्यामा अवार्ड कार्यक्रम आयोजना हुने गरेका छन् । तर, विवादरहित भने कुनै अवार्ड छैनन् । 
 
यसबीच, फेरि एक अवार्ड कार्यक्रम विदेशी भूमिमा हुने भएको छ । १०औँ ‘बक्सअफिस अवार्ड २०१७’ सफलतापूर्वक सम्पन्न गरेको थर्ड आई टिमले लण्डनमा मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । आउँदो वर्षको मे २४ मा हुने अवार्डमा सहभागी हुन नेपालबाट केही कलाकारहरु लण्डन पुग्ने बताइएको छ ।
 
विदेशमा हुने अवार्डको विश्वसिनयतामा प्रश्न उठिरहेको अवस्थामा थर्ड आई टिमले गर्ने अवार्डले यो प्रश्न उठ्ने ठाउँ नदिने आयोजक विकास देवकोटाले बताए । उनल भने, ‘अवार्ड आर्थिक लाभ लिनका लागि नभइ सम्बन्धित क्षेत्रको श्रीवृद्धि र सो क्षेत्रलाई विश्वले हेर्ने दृष्टिकोण पनि सकरात्मक होस् भन्ने उद्देश्यले अवार्ड गर्दैछौँ ।’ अवार्डलाई उदाहरणीय बनाइने उनको दाबी छ । 
 
अवार्डको नाम भने तय भैसकेको छैन । यो अवार्डले नेपाल सरकारको पर्यटन प्रवद्र्धन अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सघाउने आयोजक टिमको विश्वास छ । नेपालबाट विभिन्न क्षेत्रका ६० भन्दा बढी व्यक्ति अवार्डमा सहभागी हुन लण्डन पुग्ने बताइएको छ । वर्षौदेखि थर्ड आई टिमले लण्डनमा फिल्म प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 
Most Visited News (monthly)