Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करण भन्छन्, ‘मैले श्रीदेवीको फिल्म निर्देशन नगरेर राम्रो भयो’

एजेन्सी, मुम्बई, 2019/12/23
 
२४ फेब्रअरी २०१८ मा ५४ वर्षको उमेरमा निधन भएकी हिन्दी र दक्षिण भारतीय फिल्मकी सबैभन्दा चर्चित अभिनेत्रीमध्ये एक श्रीदेवीको फिल्म करिअर र उनको जिन्दगीका विभिन्न आयाममा आधारित पुस्तक ‘श्रीदेवी : द ईटर्नल स्क्रिन गडेस’ को आइतबार विमोचन भएको छ । यो किताबको विमोचन चर्चित फिल्म निर्देशक करण जोहरले गरेका हुन् । 
 
श्रीदेवीको बायोग्राफी सत्यार्थ नायकले लेखेका हुन् । यो खास मौकामा निर्देशक करणले आफू बाल्यकालदेखि नै श्रीदेवीको ठूलो फ्यान रहेको र उनको फिल्मको गीतमा नाच्ने गरेको स्मरण गरे । फिल्मप्रति आफ्नो रुची बढ्नुमा श्रीदेवीको ठूलो भूमिका रहेको उनी बताउँछन् । तर, उनलाई फिल्ममा निर्देशन गर्ने कल्पना भने आफूले कहिल्यै नगरेको उनको भनाई छ । 
 
‘मैले कहिल्यै श्रीदेवीको फिल्म निर्देशन गर्ने कल्पना गरिनँ । मेरो बाल्यकाल उहाँलाई देख्न र करीबबाट महशुस गर्नमा यो हदसम्म समर्पित थियो कि म उहाँलाई निर्देशित गर्ने समयमा पूरै वस्तुनिष्ठता गुमाउन सक्थेँ’, निर्देशक करण अगाडि भन्छन्, ‘निर्देशक भएपछि वस्तुनिष्ठ हुन आवश्यक हुन्छ । म खुसी छु कि कहिल्यै श्रीदेवीलाई निर्देशन गर्ने मौका मिलेन ।’
 
करणले पहिलो पटक श्रीदेवीसँग काम गर्ने मौका पाएका थिए । फिल्म ‘कलंक’ मा अभिनेत्री माधुरी दिक्षितको ठाउँमा उनलाई साइन गरिएको थियो । तर, फिल्मको छायांकन सुरु हुनुभन्दा केही महिना अगाडि नै उनको निधन भयो । करण भन्छन्, ‘श्रीदेवीसँग काम गर्ने ठूलो इच्छा थियो । ‘कलंक’ मा त्यो अवसर जुटेको थियो । तर, उहाँ नै हामीमाझ रहनु भएन ।’
Most Visited News (monthly)