Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिउँदो’ मा पौराणिक कथा, यस्तो छ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2019/12/22
 
पौराणिक कथामा निर्माण भएको फिल्म ‘जिउँदो’ को ट्रेलर सार्वजनिक भएको छ । अलमिस्ट सुब्बाको निर्देशन रहेको यो फिल्म दार्जिलिङमा निर्माण भएको हो । फिल्ममा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानिय कलाकारको अभिनय रहेको छ । ट्रेलर सार्वजनिक भए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । फागुनभित्र फिल्म प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ । 
 
फिल्ममा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङलगायतका कलाकारको अभिनय रहेको छ । रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक सब्बा स्वयंले लेखेका हुन् । 
 
‘जिउँदो’ मा अभिजित सरकार कार्यकारी, चन्चल थापा र भास्कर थामीको छायांकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ’पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत र चन्चल थापा, स्यानन्त नाग, निर्देशक अलमिस्ट सुब्बाको काँधमा सम्पादनको जिम्मेवारी छ । भारतका लागि भि. मोसन पिक्चर्स र नेपालका लागि सुनिल मानन्धरले फिल्मको वितरण अधिकार लिएका छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)