
मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली फिल्म ‘गोर्खा रक्षक’ का निर्माता समेत रहेका सनी बीले निर्माण गरेको हलिउड फिल्म ‘फाइट अफ फ्यूरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिएको छ । फिल्ममा सनी स्वयं प्रमुख भूमिकामा छन् ।
मानव तस्करीको कथामा निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन । २०२० भित्र फिल्म प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ । फिल्मको लेखन तथा निर्देशन सनी स्वयंले गरेका हुन् । उनी फिल्म उत्कृष्ट बनेको दाबी गर्छन् ।
सनीसँगै फिल्ममा कार्ल भेन मिटेर, जोसेफ ली माइकल, बसिल मास्टर्सलगायतका कलाकारहरुको अभिनय छ । ओरल्यान्डो गुइटिरेजको छायांकन रहेको ‘फाइट अफ फ्यूरी’ लाई अमृत नेपालले सम्पादन गरेका हुन् । बी किक फिल्मस्को ब्यानरमा बनेको फिल्ममा संजय श्रेष्ठको संगीत छ ।
ट्रेलर हेर्नुहोस् :-

