Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी र आँचल ‘जेठानी-देवरानी’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/12
 
प्रायः निर्माता/निर्देशक कलाकारको भूमिका र लुक्स फिल्म रिलिज अगाडिसम्म बाहिर ल्याउन चाहँदैनन् । यसो गर्दा दर्शकमा फिल्मप्रति कौतुहलता बढ्ने उनीहरुको सोचाइ छ । तर, अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मालाई भने यो कुराको मतलबै छैन । अहिले ‘झिँगेदाउ’ फिल्मको छायांकनमा व्यस्त उनीहरु दिनहुँ आफ्नो लुक्स सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।
 
अहिलेसम्म शहरिया भूमिकाबाट बाहिर निस्कँन नसकेकी आँचलले यो फिल्ममा पहिलो पटक फरक भूमिका निभाउने मौका पाएकी छन् । फिल्ममा उनले विकट गाउँमा बस्ने एक विवाहित महिलाको भूमिकामा निभाएकी छन् । हालै उनले फिल्ममा रहेको आफ्नो लुक्स सार्वजनिक गरेकी थिइन् । जसमा उनलाई साडी चोली लगाएर डोको बोकेको अवस्थामा देखिएको थियो । 
 
त्यसको केही दिनमा अभिनेत्री केकी अधिकारीले पनि आफ्नो लुक्स सार्वजनिक गरिन् । उनलाई पनि आँचलको जस्तै गेटअपमा देखिएको थियो । अहिले भकुेन्डेबेसीमा सेट निर्माण गरेर छायांकन भैरहेको फिल्ममा आँचल र केकी उस्तै लुक्समा देखिएपछि दर्शकमा यी दुई अभिनेत्रीको भूमिकालाई लिएर कौतुहलता बढेको थियो । अन्ततः आँचलले त्यो पनि खुलाइदिएकी छन् । 
 
उनले इन्स्टाग्राम स्टोरीमा अभिनेत्री केकीसँगको एक तस्विर साझेदारी गर्दै ‘जेठानी दिदी’ भनेर लेखेकी छन् । अर्थात्, ‘झिँगेदाउ’ मा केकी जेठानी र आँचल देवरानीको भूमिकामा छन् । तस्विरमा दुबैको सिउँदो सिन्दुरले रंगिएको छ । छायांकन सेटबाटै भूमिका र लुक्स सबै भकाभक खुलाएपछि हलमा दर्शक चाहिँ के हेर्न जाने नी आँचलजी ? दर्शकलाई हलमा हेर्न पनि केही राखिदिने कि !
Most Visited News (monthly)