Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुगलमा सर्वाधिक खोजियो ‘कबीर सिंह’

एजेन्सी, मुम्बई, 2019/12/12
 
यस वर्ष सबैभन्दा धेरै अलग-अलग जनराका फिल्म बनेका छन् र दर्शकलाई पनि खुब मन परेको छ । ‘उरी’ देखि ‘एभेन्जर्स इन्डगेम’ सम्म विभिन्न शैलीका फिल्मले यो वर्ष दर्शकलाई खुब मनोरञ्जन दिए । यो प्याकेजमा हामी २०१९ मा गुगलमा सबैभन्दा धेरै खोजिएका फिल्मको बारेमा चर्चा गर्दैछौं । गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्ममा ‘कबीर सिंह’ पहिलो नम्बरमा छ ।
 
अभिनेता शाहिद कपूरको प्रमुख भूमिका रहेको यो फिल्म २०१९ को सबैभन्दा ठूलो हिट फिल्ममध्ये एक हो । फिल्मको म्यूजिक पनि उस्तै सुपरहिट भएको थियो । रिलिजपछि फिल्मले इन्टरनेटमा धूम मच्चाएको थियो । यो फिल्म सन्दीप रेड्डी वांगाको तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक थियो । फिल्ममा शाहिदको अपोजिटमा अभिनेत्री कियारा आडवाणी थिइन्  ।
 
त्यस्तै, गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्मको लिस्ट ‘एभेन्जर्स इन्डगेम’ दोस्रो र ‘जोकर’ तेस्रो नम्बरमा परेको छ । ‘एभेन्जर्स’ दुनियाँभर सबैभन्दा धेरै कमाउने फिल्म हो । यसको व्यापारमा भारतको पनि ठूलो योगदान छ । फिल्मका निर्देशक एन्थोनी रुसो हुन् । त्यस्तै, वाकीन फीनिक्स स्टारर ‘जोकर’ लाई पनि भारतीय दर्शकले गुगलमा सर्वाधिक खोजेका छन् । 
 
गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्मको चौथो नम्बरमा हलिउडको एक स्ट्यान्डअलोन सुपरहिरो वुमेन फिल्म ‘क्याप्टेन मार्वल’ छ । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै, पाँचौ, छैटौं, सातौं र आठौं नम्बरमा क्रमशः ‘सुपर ३०’, ‘मिशन मंगल’, ‘वार’ र ‘उरी सर्जिकल स्ट्राइक’ परेका छन्, जुन फिल्म यस वर्ष भारतीय दर्शकले गुगलमा सबैभन्दा धेरै खोजेका छन् । 
Most Visited News (monthly)