Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

सर्‍यो शिवहरीको ‘लक्का जवान’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/12
 
चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्म ‘लक्का जवान’ को रिलिज डेट परिवर्तन भएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब चैत २१ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने निश्चित भएको छ । वितरकको सल्लाह अनुसार फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक शिवहरीले जानकारी दिए ।
 
‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको यो फिल्मको सम्पूर्ण छायांकन केही समय अगाडि सकिएको हो । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्मको सह-निर्मातामा सुरेन्द्र केसी र दीपेन्द्र खनिया छन् । ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । 
 
फिल्ममा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । फिल्ममा वर्षाले प्रहरी अफिसरको भूमिका निभाएकी छन् । फिल्मको छायांकनको बेला उनले आफ्नो लुक्स सार्वजनिक गरेकी थिइन् । लगातार असफल फिल्मबाट जुधिरहेकी उनलाई यो फिल्मबाट ठूलो आश छ ।
 

‘लक्का जवान’ मा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको निर्देशक शिवहरी बताउँछन् । लामो समय ‘जिरे खुर्र्सानी’ मा अभिनय गरेका उनले पहिलो पटक निर्देशन गरेको फिल्म कस्तो होला भन्ने धेरैलाई कौतुहलता छ । अहिले टेलिभिजनको पर्दामा जमेका हास्यकलाकारहरु फिल्म निर्माणतर्फ होमिरहेको अवस्थामा शिवहरी पनि अपबाद रहन सकेनन् ।
Most Visited News (monthly)