Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकहरुलाई लाग्यो चुनाव, को-को छन् अध्यक्षका आकांक्षी ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/12
फिल्म निर्देशन गर्ने निर्देशकहरुलाई यतिबेला चुनावी रौनकले राम्रै छोएको छ । फिल्म निर्देशकहरुको छाता संस्था चलचित्र निर्देशक समाज, नेपालको आउँदो मंसिर २८ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । निर्वाचन मिति दिन-प्रतिदिन नजिकिँदै जाँदा प्रायः एक्सन-कटमा व्यस्त रहने फिल्म निर्देशकहरु अहिले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।
 
अध्यक्ष पदका लागि अहिले आठ जनाको नाम चर्चामा छ । फिल्म निर्देशक दिनेश डिसी पुनः दोस्रो पटक तीन वर्षे कार्यकालका लागि चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा उठ्ने मनस्थितिमा रहेको जानकारी प्राप्त छ । तर, उनले उम्मेदवारी घोषणा भने गरेका छैनन् । यसअघि उनी २०७० सालमा प्रतिद्धन्द्धी नरेश पौड्याललाई हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका थिए । 
 
निर्देशक डिसीले अहिले आन्तरिक रुपमा आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । वर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ पनि दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उठ्ने तयारीमा छिन् । तर, उनले पनि उम्मेदवारी घोषणा भने गरेकी छैनन् । त्यस्तै, केपी पाठक, रक्षा सिंह राणा, लक्ष्मण रिजाल, दीपक खाँड, शेखर खनाल र ऋषि लामिछानेको नाम पनि अध्यक्ष पदका लागि चर्चा छ ।
 
 
चलचित्र निर्देशक समाजको नयाँ नेतृत्व सम्हाल्न अध्यक्ष पदका लागि आठ जना निर्देशक आकांक्षी देखिए पनि शनिबार हुने निर्वाचनमा दुई जनाको मात्र उम्मेदवारी पर्नसक्ने कतिपयको विश्लेषण छ । त्यस्तै, उपाध्यक्ष पदमा निर्देशक राजेन्द्र उप्रेती उम्मेदवारी दिने तयारीमा छन् । भने, महासचिवमा जनकदीप पराजुली र समिर बलामीले उम्मेदवारी घोषणा गरिसकेका छन् । 
 
महासचिव पदमा उठ्न लागेका पराजुलीले आफ्नो उम्मेदवारी घोषणासँगै प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिसकेका छन् । उनले महासचिव पदमा निर्वाचित भए केही नीतिगत कुरामा परिवर्तन गरि निर्देशक समाजलाई अगाडि बढाउने, फिल्म अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीका लागि स्कलरसीप व्यबस्था गर्ने लगायतका बुद्धा उनको प्रतिबद्धता पत्रमा समेटिएको छ । 
 
चलचित्र निर्देशक समाजको सचिव पदमा भने जनक खड्का र अरुण प्रधानको भिडन्त हुने बताइएको छ । चलचित्र निर्देशकहरुको हकहितका लागि गठन भएको निर्देशक समाजले आजसम्म खासै उलपब्धिमुलक काम भने गर्न सकेको छैन । तीन वर्षमा नयाँ कार्यसमिति छान्नका लागि मात्र निर्देशक समाजको गठन भएको देखिन्छ । निर्देशकहरुका समस्या ज्यूँकात्यूँ छन् । 
Most Visited News (monthly)