Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्को वर्ष फर्केलान् पर्दामा शाहरुख ?

एजेन्सी, मुम्बई, 2019/12/11
 
अभिनेता शाहरुख खानले कयौं निर्देशकसँग काम गर्न लागेको खबर अहिले चर्चामा छ । तर, उनले अहिलेसम्म आफ्नो नयाँ फिल्मको घोषणा गरेका छैनन् । तमिल फिल्मका सुपरस्टार डाइरेक्टर एटलीसँग उनको टिमअप हुने चर्चा छ । एटलीको फिल्म ‘बिजिल’ ले ५ दिनमै बक्सअफिसमा २ सय करोड छापेको थियो । उनका अघिल्ला फिल्म पनि जबरजस्त हिट छन् । 
 
साउथ र बलिउडको कम्बिनेशन शाहरुखका लागि सुखद हुनसक्ने कतिपयको विश्लेषण छ । उनले यो फिल्ममा एक रिसाह व्यक्तिको भूमिका निभाउन सक्नेछन् । तर, अहिलेसम्म फिल्मको घोषणा गरिएको छैन । शाहरुख पछिल्लो पटक डिसेम्बर २०१८ मा रिलिज भएको फिल्म ‘जीरो’ मा देखिएका थिए । तर, यो फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिएको थियो ।
 
लगातार फ्लप फिल्मबाट जुधिरहेका शाहरुखले इम्तियाज अली र आनन्द एल राय जस्ता निर्देशकपछि राजकुमार हिरानीसँग काम गर्न लागेको चर्चा छ । हिरानीले यसअघि आमिर खान, रणबीर कपूर र सञ्जय दत्तको करिअरलाई जबरजस्त उछाल दिइसकेका छन् । अब, शाहरुखसँग टिमअप गर्न उनी इच्छुक छन् । दुईबीच फिल्मलाई लिएर थुप्रै पटक छलफल भैसकेको छ ।
 
निर्देशक हिरानीसँग सहकार्य भएको खण्डमा शाहरुखलाई हिटको सुख प्राप्त हुन सक्नेछ । रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ मा उनले केमियो भूमिकामा देखिन सक्ने बताइएको छ । लगातार फिल्म असफल भएपछि फिल्म छनोटमा गम्भीर भएका उनी अब हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा छैनन् । दर्शकलाई उनको नयाँ फिल्मको व्यग्र प्रतिक्षा छ ।
Most Visited News (monthly)