Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलको सुझाव- ‘सफल हुनका लागि प्रयास नगर्नुस्’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/10
 
नेपाली फिल्मका जल्दाबल्दा अभिनेता अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनी केही हप्ता अगाडि मात्र त्यहाँ पुगेका हुन् । अमेरिकाभन्दा अगाडि उनी ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा भाग लिन जापान पुगेका थिए । दुबै अवार्ड समारोहमा उनले अवार्ड उचाले । अवार्ड चुमेका तस्विर उनले सामाजिक सञ्जालमा पोस्ट्याएका छन् । 
 
फिल्म छनोटमा चुजी मानिने यी अभिनेता वर्षमा एक वा दुईभन्दा बढी फिल्म गर्दैनन् । स्क्रिप्ट मन नपरे उनी साइन गरेको फिल्मबाट हात झिक्न पनि पछाडि हट्दैनन् । स्क्रिप्ट चित्त नबुझेपछि ‘ब्याचलर बन्टी’ र ‘धुपौरे’ उनले साइन गरेर पनि छाडेका थिए । कतिपय उनको यो निर्णयलाई गैरजिम्मेवारी पन बताउँछन् भने कोही स्क्रिप्ट चित्त नबुझेपछि हात झिक्नु बुद्धिमता मान्छन् ।
 
वर्षौदेखि अभिनयमाथि लुक्स हाबी भएको आरोप खेप्दै आएका अनमोलले अवार्ड भने वर्षेनी चुम्दै आएका छन् । उनी अवार्ड नपाउने ठाउँमा मुख देखाउन मात्र पुग्दैनन् । गएपछि अवार्ड नलिइ घर फर्किँदैनन् । उनी भन्छन्, ‘जो पनि जित्ने ठाउँमा मात्र जान्छ । हार्ने ठाउँमा को जान्छ ?’ यसको अर्थ, अवार्ड समारोहमा गएर पनि खाली हात फर्किनु परे उनी आफू हारेको महशुस गर्छन् । 
 
 
अमेरिकाबाट रिर्टन भएपछि फिल्म ‘ए मेरो हजुर ४’ को तयारीमा जुट्न लागेका अनमोलले मंगलबार सामाजिक सञ्जालमा आफ्नो एक तश्विरसहित कसैको प्रेरक भनाई सापटी लिँदै लेखेका छन्, ‘सफल हुनको लागि प्रयास नगर्नुस्, अर्थपूर्ण हुनका लागि गर्नुहोस् ।’ उनले अरुलाई सफल हुन नभइ अर्थपूर्ण हुन सुझाएका हुन् या आफू पनि अर्थपूर्ण हुने प्रयासमा हुन् ? बुझ्नै गाह्रो पर्‍यो त !
Most Visited News (monthly)