Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सनयुक्त ‘दि कर्मा’ टिजर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/12/05
 
आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक भएको छ । एक्सन प्याक्ड टिजरमा नायक करण वर्मा आफ्नो सुगठित शरीर देखाएर एक्सन गर्दै देखिएका छन् । उनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानासँगै अभिनेता बुद्दी तामाङ्गलाई पनि टिजर देख्न सकिन्छ ।
 
देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ मा अभिनेत्री नीता प्रहरी अफिसर र परमिता ‘लेडी डन’ को भूमिकामा रहेको टिजरबाट अनुमान गर्न सकिन्छ । फिल्ममा बुद्दीले परमितासँग रोमान्स गरेका छन् । जसको एक झलक टिजरमा पनि देख्न सकिन्छ । जय राज राय निर्माता रहेको यो फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ । 
 
जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।
 
भारतिय कलाकार करणको अभिनयका कारण पनि यो फिल्मलाई धेरैले चासोपूर्वक हेरेका छन् । फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । नेपाल रिलिजसँगै अन्य मुलुकहरुमा पनि यो फिल्म हुने निर्माण टिमले बताएको छ । फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)