Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(37 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘चपली हाइट ३’ मा अर्पणको भिन्न लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/12/02
 
यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘चपली हाइट ३’ मा भर्सटायल अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो भएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतको प्रमुख भूमिका छ । फिल्मका निर्माता अर्जुन कुमार हुन् । 
 
हालसालै फिल्म ‘लप्पन छप्पन २’ को छायांकन भ्याएका अभिनेता अर्पण थापाले ‘चपली हाइट ३’ मा नेगेटिभ रोल निभाउँदैछन् । सोमबार निर्माता अर्जुनले उनको लुक्स सार्वजनिक गरेका छन् । आँखामा गोलो आकारको चश्मा लगाएका उनको मुखको बाहिरी (तल्लो) भागमा सर्जरी गरेको खाटा देख्न सकिन्छ । उनको लुक्सले नै दर्शकलाई फिल्मप्रति कौतुहलता बढाएको छ । 
 
आउँदो चैत २८ गते फिल्म ‘प्रेमगीत ३’ सँग भिड्न लागेको यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरेहका छन् । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । निर्देशक निकेशसँग यसअघि अर्जुनले सौगात मल्ल स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा सहकार्य गरेका थिए । 
 
‘चपली हाइट’ को अघिल्ला दुबै श्रृंखला निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनको अझै पनि चर्चा हुन्छ । सम्भवतः नेपालमा बनेको पहिलो सेक्स साइकोलोजी फिल्म हो यो । यो फिल्मले विवादका बावजूद बक्सअफिसमा नाफाको व्यापार गरेको थियो । दोस्रो श्रृंखलाले भने लगानी उठाउन सकेन ।  
Most Visited News (monthly)