Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वास्तविक प्रेमकथामा बनेको हो ‘माया पिरिम’ : निर्देशक राई

फिल्मीखबर, काठमाण्डौ, 2019/12/02
 
अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द अभिनीत प्रेमकथामा आधारित फिल्म ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘मट्टीमाला’ को क्याप्टेनसिप सम्हालेका थिए । दोस्रो फिल्मसम्म आइपुग्दा आफूमा टेक्निकल्ली र क्वालिटीमा धेरै सुधार आएको उनको भनाई छ । 
 
उनी भन्छन्, ‘जीवनभर सिक्ने क्रम भनेको भैरहन्छ । तर, पहिलो फिल्मभन्दा यसमा टेक्निकल्ली र क्वालिटीमा धेरै सुधार गरेको छु जस्तो लाग्छ । अब यो कुरा दर्शकले फिल्म हेरेपछि भन्नुहोला । त्यस्तै, ममा कुन क्यारेक्टरमा कुन कलाकार फिट हुन्छ भन्ने कुरामा पनि धेरै हदसम्म सुधार भएको छ ।’ उनी फिल्म ‘माया पिरिम’ ले दर्शकलाई प्रेमको आभास गराउने ठोकुवा गर्छन् । 
 
कसैको वास्तविक घटनाबाट ‘इन्स्पायर्ड’ भएर फिल्म निर्माण भएको उनले बताए । उनले भने, ‘कसैको वास्तविक प्रेमकथालाई लिएर हामीले फिल्म बनाएका हौं । पर्दामा उतारिएको कोशिश र किरणको प्रेम र वियोग कसैको जीवनमा घटेको थियो । त्यही प्लट लिएर फिल्म बनाएका हौं ।’ अहिले बनिरहेका लभस्टोरी फिल्मभन्दा ‘माया पिरिम’ फरक रहेको उनको दाबी छ । 
 
सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । प्रविन थापा र सविन अधिकारी फिल्मका निर्माता हुन् । यो फिल्मलाई निरज कँडेलले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व छ । फिल्ममा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । 
Most Visited News (monthly)