Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा डुब्यो जोनको ‘पागलपन्ती’

एजेन्सी, मुम्बई, 2019/12/02
 
बलिउड सुपरस्टार जोन अब्राहमको मोस्ट अवेटेड फिल्म ‘पागलपन्ती’ गएको हप्ता प्रदर्शनमा आएको थियो । तर, यो फिल्मले दर्शकलाई निराश बनाएको छ । फिल्मको बक्सअफिस कलेक्सन पनि निकै निराशाजनक छ । कलेक्सन रिपोर्टले नै फिल्मले दर्शकलाई मनोरञ्जन प्रदान गर्न चुकेको प्रस्ट्याउँछ । फिल्मले ५ करोडको कमाईसँगै बक्सअफिसमा खाता खोलेको थियो । 
 
त्यस्तै, दोस्रो दिन ६ करोड २५ लाख, तेस्रो दिन ८ करोड २५ लाख, चौथो दिन २ करोड ५० लाख, पाँचौ दिन २ करोड ३५ लाख, छैठौ दिन २ करोड १० लाख र सातौ दिन १ करोड ९० लाख कमाएको फिल्मले आठौ दिन करोडको आँकडा पनि छुन सकेन । फिल्मले प्रदर्शनको आठौ दिनमा मात्र ६० लाखको कमाई गरेको छ । फिल्मले अहिलेसम्म २८ करोड ९५ लाख कमाएको छ । 
 
फिल्मको बक्सअफिस आँकडा हेर्दा कमेडीका बादशाह मानिने अनीस बज्मीको निर्देशनमा बनेको ‘पागलपन्ती’ ले दर्शकलाई निराश बनाएको देखिन्छ । यसअघि अनीसले ‘नो इन्ट्री, ‘वेलकम’, ‘सिंह इज किंग’, ‘रेडी’ लगायत थुप्रै सुपरहिट फिल्म दिइसकेका छन् । तर, यसपटक उनको फिल्म दर्शकलाई मन परेको छैन । कलाकारको अभिनयले भने दर्शकको दिल जितेको छ । 
 
‘पागलपन्ती’ मा जोनसँगै अनिल कपूर, जोन अब्राहम, इलियाना डिक्रूज, अरशद वारसी, पुलकित सम्राट, कृति खरबन्दा, उर्वशी रौतेला र सौरभ शुक्लाको अभिनय छ । फिल्मले दर्शकलाई मनोरञ्जन दिन नसके पनि ट्रेलर भने निकै रुचाइएको थियो । ट्रेलरबाट धेरैले फिल्म सुपरहिट हुने अनुमान लगाएका थिए । तर, यो फिल्म यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । 
Most Visited News (monthly)