Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘अन्तरे’ को गीतमा भरे प्रताप दासले स्वर

फिल्मीखबर, काठमाण्डौ, 2019/12/01
 
फिल्म ‘रोज’ को ‘फूल हैन’ गीतबाट नसोचेको सफलता हात पारेका गायक प्रताप दासलाई अहिले नेपाली फिल्मको गीतमा आवाज भर्न भ्याइनभ्याइ छ । यसबीच, उनले शनिबार छायांकनको तयारीमा रहेको फिल्म ‘अन्तरे’ को टाइटल गीतमा आफ्नो स्वर दिएका छन् । ‘उड्छ आकाशमा’ बोलको गीत गाउने अवसर पाएकोमा गायक दासले निर्माण टिमप्रति आभार व्यक्त गरेका छन् । 
 
गीतको शब्द फिल्मका निर्देशक सत्यराज चौलागाईं स्वयंको छ भने, सरोज पोखरेलले संगीत भरेका छन् । गोपाल रसाइली गीतका एरेञ्जर हुन् । फिल्ममा यो गीत कथाको माग रहेको निर्देशक चौलागाईंले बताए । नामका कारण नै चर्चामा रहेको ‘अन्तरे’ मा गत वर्षको फिल्म ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका अभिनेता मुकुन भुषालले टाइटल क्यारेक्टर निभाउँदैछन् ।
 
फिल्मका लागि अहिले निर्माण टिम अन्य कलाकारको खोजीमा छ । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए । यसअघि फिल्म ‘अनुराग’ निर्देशन गरेका सत्यराजले ‘अन्तरे’ लाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताउँछन् । 
 
 
फिल्ममा आफूले निभाउन लागेको भूमिका बलियो भएका कारण काम गर्न राजी भएको अभिनेता भुषालको भनाई छ । उनी भन्छन्, ‘फिल्मको मुख्य पात्र अन्तरे हो र यो भूमिका बलियो छ । ‘बुलबुल’ बाट मैले पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । यसैक्रममा यो फिल्मको अफर आयो । मैले जे खोजेको थिएँ त्यो यसमा पाएँ र काम गर्न लागेको हुँ ।’
Most Visited News (monthly)