Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

जापानमा पुष्पको ‘मारुनी’ को प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2019/12/01
 
गएको भदौमा प्रदर्शनमा आएको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ ले घरेलु बजारमा खासै राम्रो प्रदर्शन गर्न सकेन । साउथका सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ सँग जुध्दा फिल्म बक्सअफिसमा खरो रुपमा उत्रन चुक्यो । तर, दर्शकले भने फिल्म हेरेपछि उम्दा प्रतिक्रिया दिएका थिए । समीक्षकले पनि फिल्मले उठाएको विषयवस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । 
 
नेपाल प्रदर्शनपछि अब यो फिल्मले विदेशको फन्को लगाउने भएको छ । ‘मारुनी’ को पहिलो विदेश प्रदर्शन जापानमा भएको छ । जापानको नागोया फुसीमा मिलिओन थिएटरमा यो फिल्मको प्रदर्शन गरिएको हो । जसका लागि केही दिन अगाडि नेपालबाट अभिनेता पुष्प खड्का र निर्माता पुनम गौतम जापान पुगेका थिए । जापान प्रदर्शनमा फिल्मले प्रशंसा बटुलेको छ । 
 
फिल्म हेर्नका लागि दर्शकको सुखद उपस्थिति रहेको निर्मात्री गौतमले बताइन् । उनले फिल्म हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेको भन्दै खुसी व्यक्त गरिन् । पहिलो पटक आफू अभिनीत फिल्मको प्रदर्शनका लागि जापान पुगेका अभिनेता पुष्प दर्शकबाट प्राप्त प्रतिक्रियाले खुसी देखिएका छन् । फिल्ममा उनी विजनेशम्यानको भूमिकामा छन् । 
 
फिल्मलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन् । ‘मारुनी’ को शो जापानको टोकियो र ओसाकामा पनि हुने बताइएको छ । त्यस्तै, यो फिल्मको अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा फिल्मको प्रदर्शन हुन लागेको हो । फिल्ममा साम्राज्ञी आरएल शाहको पनि अभिनय छ । 
Most Visited News (monthly)