Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(32 votes, avg 4.97/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ निर्देशकको फिल्ममा पल र निराजन फाइनल

फिल्मीखबर, काठमाण्डौ, 2019/11/30
 
फिल्म ‘क्याप्टेन’ मा अभिनेता अनमोल केसीसँग सहकार्य गरेका निर्देशक दीवाकर भट्टराई अब आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘तिमीसँगै हुने मन छ’ बनाउँदैछन् । फिल्ममा लिड अभिनेत्री दीपिका प्रसाईं हुनेछिन् । उनी निर्देशक भट्टराईकी धर्मपत्नि समेत हुन् । पुषको दोस्रो हप्ताबाट छायांकन सुरु हुने बताइएको फिल्ममा यसअघि अभिनेतामा आर्यन सिग्देलको नाम चर्चामा थियो । 
 
तर, निर्देशक भट्टराईले आर्यनसँग सहकार्य हुने भनिएको यो नभइ अर्कै फिल्म रहेको बताएका थिए । यसपछि फिल्ममा दीपिकासँग अभिनेता पल शाहको जोडी बाँधिन लागेको खबर बाहिरिएको थियो । अन्ततः यो फिल्ममा अभिनेता पल अनुबन्ध भएका छन् । उनलाई फिल्ममा अनुबन्ध गरेर निर्देशक भट्टराई श्रीमतीसँग एक अवार्डमा सहभागी हुन अमेरिका उडेका छन् । 
 
अब, फिल्ममा पलले अभिनेत्री दीपिका प्रसाईंसँग रोमान्स गर्नेछन् । हालै उनले आफ्नो हिट फ्रेन्चाइज ‘म यस्तो गीत गाउँछु’ को दोस्रो श्रृंखलाको छायांकन भ्याएका थिए । उनको नयाँ फिल्म ‘हृदय भरी’ प्रदर्शनको पखाईमा छ । त्यस्तै, ‘तिमीसँगै हुने मन छ’ मा पलसँगै म्यूजिक भिडियोका चर्चित मोडल निराजन प्रधान पनि अनुबन्ध भएका छन् । पल र निराजन मिल्ने साथी समेत हुन् ।
 
दुईले यसअघि दीपिकासँग एक म्यूजिक भिडियोमा काम गरिसकेका छन् । निराजनले यसअघि ‘जालो’ नामक फिल्ममा काम गरेका थिए । यसपछि उनले फिल्म ‘प्रेमालय’ साइन गरे । तर, घोषणा भएको ८ महिनासम्म पनि फिल्म फ्लोरमा नगएपछि उनले हात झिकेका थिए । त्यसयता उनी भिडियोमा व्यस्त छन् । अब, उनलाई ‘तिमीसँगै हुने मन छ’ मा देख्न पाइने भएको छ ।
Most Visited News (monthly)