Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मिस्टर नेपाली’ ले फर्काउला भुवनको क्रेज ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/15
 
एक समय नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाएका अभिनेता भुवन केसीको कमब्याक फिल्म ‘मिस्टर नेपाली’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । लामो समय छोरा अनमोल केसीको करिअर बनाउन अभिनयबाट दूरी बनाएका उनले यो फिल्ममा अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गरेका छन् । फिल्ममा उनले दोहोरो भूमिका निभाएका छन् । भने, एउटा चरित्र नेगेटिभ छ । 
 
यसअघि कात्तिक २९ गतेका लागि ‘मिस्टर नेपाली’ सहित चार फिल्मले प्रदर्शन मिति घोषणा गरेका थिए । तर, अघिल्लो हप्ता प्रदर्शनमा आएको हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ को डरले ‘माछा माछा’ तीन हप्ता र ‘सरौतो’ दुई हप्ता पछाडि सर्‍यो । शुक्रबार ‘मिस्टर नेपाली’ सँग अभिनेता शितल केसी अभिनीत फिल्म ‘सम्हाली राख है’ एकसाथ प्रदर्शनमा आएको छ । 
 
देव भुषालको लेखन तथा निर्देशन रहेको ‘मिस्टर नेपाली’ मा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपालको पनि अभिनय रहेको छ । यो फिल्मबाट नायकमा साहिल श्रेष्ठ र नायिकामा कुसुम राउतले डेब्यू गरेका छन् । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा फिल्म आधारित छ । फिल्मका निर्माता प्रेम राजा दाहाल हुन् ।
 
अभिनेता भुवनको कमब्याक फिल्म भएका कारण दर्शकमा ‘मिस्टर नेपाली’ प्रति एकप्रकारको आशा र अपेक्षा छ । दशक अगाडि उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मले ब्लकबस्टर व्यापार गर्थे । तर, अहिले यो कुरा उनको छोरा अनमोलको हकमा लागू हुन्छ । यो फिल्मले भुवनको क्रेज जीवित छ वा चौपट भयो भन्ने कुराको लेखाजोखा गर्ने कतिपयको विश्लेषण छ । 
Most Visited News (monthly)