Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिस्टर नेपाली’ को ‘डंका पिट्यो’ गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/11/14
 
यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘डंका पिट्यो’ बोलको गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द तथा दिपक शर्माको संगीत छ । होलीको रमझमलाई कैद गरिएको गीतको भिडियोमा फिल्मका नव-नायक साहिल श्रेष्ठ र नव-अभिनेत्री कुसुम राउत प्रेमिल मुद्रामा देखिएका छन् ।
 
गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन र जीवन थापाको सम्पादन छ । देव भुषालको लेखन तथा निर्देशन रहेको फिल्ममा भुवन केसीको प्रमुख भूमिका छन् । फिल्ममा उनले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नेगेटिभ छ । फिल्म राष्ट्रियताको कथामा बनेको बताइएको छ । 
 
रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवको पनि अभिनय रहेको ‘मिस्टर नेपाली’ विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । निर्देशक भुषाल फिल्मले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताउँछन् । फिल्मका निर्माता प्रेम राजा दाहाल हुन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)