Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ यू हमेशा’ ट्रेलरमा प्रेम र विछोडको कथा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/10/19
कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘लभ यू हमेशा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख अभिनेता यशराज गरच र अभिनेत्री द्वय फिजा योन्जन र ऋचा थापाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । 
 
 
कात्तिक १५ गतेबाट भारतका विभिन्न शहरमा समेत प्रदर्शन हुन लागेको यो फिल्मको निर्माण टीमले यतिबेला प्रचार-प्रचारलाई तीव्र बनाएको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स हलमा पुगेर दर्शकलाई विभिन्न खेल खेलाउँदै पुरस्कार स्वरुप ‘लभ यू हमेशा’ अंकित कप, पेन तथा डायरी प्रदान गरिरहेका छन् । 
 
निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सह-निर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यू हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शनभन्दा दुई साताअघिबाट विजेताको नाम सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । 
 
धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ, सिलगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा गोपाल ढकाल ‘छन्दे’, शिशिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारको पनि अभिनय छ । भने, मिलन श्रेष्ठको सम्पादन छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)