Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(32 votes, avg 4.78/5.00)
Text size:-
+
-

‘धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2019/10/18
कलाकारिताबाट समाजसेवामा मोडिएको सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायांकन पूरा भएको छ । करीब १ महिना लामो छायांकनपश्चात् एक गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ प्याकअप गरिएको हो । गीतको छायांकन केही समयपछि हुने फिल्मका कलाकार सितारामले जानकारी दिए । 
 
रामबाबु गुरुङ निर्देशित फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई,  राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मको सम्पूर्ण दृश्य खिचेका हुन् ।
 
 
‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । भने, डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’ को सह-निर्मातामा फूर्पा लामा रहेका छन् । 
 
निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् । पहिलो पटक फिल्ममा अभिनेत्रीको रुपमा देखिन लागेकी कुञ्जनाले आफ्नो बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् । यो फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । २ करोडको लागतमा फिल्म बनेको हो । 
Most Visited News (monthly)