Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘विक्रम वेदा’ को हिन्दी रिमेकमा आमिर र सैफ

एजेन्सी, मुम्बई, 2019/10/18
 
बलिउड अभिनेता आमिर खानलाई लामो समयदेखि पर्दामा हेर्नका लागि दर्शक प्रतिक्षारत छन् । यसअघि उनी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चन, फातिमा सना शेख र कटरीना कैफसँग देखिएका थिए । अहिले उनी नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गरिरहेका छन् । यो फिल्म १९९४ को हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । 
 
यो फिल्मलाई ‘सीक्रेट सुपरस्टार’ फेम्ड निर्देशक अडवेट चन्दनले निर्देशन गर्दैछन् । फिल्ममा आमिरको अपोजिटमा करीना कपूर देखिँदैछिन् । गएको वर्ष ‘ठग्स अफ हिन्दुस्तान’ को रिलिजभन्दा अगाडि टी-सीरीजका प्रमुख भूषण कुमारले फिल्म ‘मोगुल’ मा आमिर सह-निर्मातामा रहने घोषणा गरेका थिए । यो फिल्म गुलशन कुमारको बायोपिक हो । 
 
पिंक विलाका अनुसार, आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’ को छायांकन पूरा गरेपछि तमिल फिल्म ‘विक्रम वेदा’ को छायांकन सुरु गर्नेछन् । यसमा उनले खुंखार ग्यांगस्टरको भूमिका निभाउँदैछन् । फिल्ममा सैफ अली खान पुलिस अफिसरको भूमिकामा हुने बताइएको छ । करीब २० वर्षपछि आमिर र सैफले सँगै काम गर्न लागेका हुन् । 
 
‘विक्रम वेदा’ को हिन्दी रिमेकको छायांकन अर्को वर्षको अप्रिलबाट सुरु हुनेछ । फिल्मलाई पुष्कर गायत्रीले निर्देशन गर्नेछन् । तमिल भाषामा पनि यो फिल्मको निर्देशन उनले नै गरेका थिए । ओर्जिनल फिल्ममा दुई तामिल सुपरस्टार आर माधवन र विजय सेथुपथीको प्रमुख भूमिका थियो । हिन्दी रिमेकमा सैफले ‘विक्रम’ र आमिरले ‘वेदा’ को भूमिका निभाउनेछन्  । 
Most Visited News (monthly)