Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

उषा खड्गीको ‘आउँदै जाँदै’ किन थन्कियो ?

फिल्मीखबर, काठमाडौं, 2019/10/17
नेपालमा घोषणा भएर पनि निर्माण नभएका फिल्मको संख्या ठूलो छ । चाँडै फ्लोरमा जाने भन्दै घोषणा गरिएका फिल्म कहिल्यै नबन्ने गरि थन्किएका उदाहरणहरु अनगिन्ती छन् । त्यसैले, अचेल फिल्मको घोषणा भए पनि फ्लोरमा नगएसम्म दर्शकलाई फिल्म बन्नेमा विश्वास नै लाग्दैन । यो भनेको दर्शकको फिल्ममेकरप्रति विश्वास गुम्नु हो । 
 
दुईदिने चर्चाका लागि फिल्म बनाउने हल्लाखल्ला गरेर हराउने निर्माताका कारण अन्य मेकरमाथि पनि औंला उठ्ने गरेको छ । सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उषा खड्गीले पनि गएको २ वर्ष अगाडि फिल्म घोषणा गरेकी थिइन्, ‘आउँदै जाँदै’ । फिल्मको निर्मातामा उनको नाम थियो । उनकै श्रीमान् जी.पी तिमल्सेनाले फिल्म निर्देशन गर्ने बताइएको थियो । 
 
 
तर, २ वर्ष वितिसक्दा पनि यो फिल्म बन्ने अझैसम्म कुनै सुरसार देखिएको छैन । बरु, यतिबेला उषा र जी.पीबीच डिभोर्सको चर्चाले बजार गर्माएको छ । तर, यस विषयमा दुबैले कुनै प्रतिक्रिया दिएका छैनन् । उषा र जी.पीको डेढ दशक लामो बैबाहिक सम्बन्ध टुंगिने अवस्थामा रहँदा २ वर्ष अगाडि घोषणा भएको फिल्म अब निर्माण हुनेमा शंकै छ । 
 
कलाकार छनोट नै नगरि ‘आउँदै जाँदै’ को निर्माण घोषणा गरिएको थियो । युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम र टाढा हुनुको पीडालाई फिल्ममा देखाइने निर्देशक बन्न लागेका जी.पीले बताएका थिए । घोषणा सभामा फिल्मको छायांकन काठमाडौं, चितवन र अष्ट्रेलियामा हुने जानकारी दिइएको थियो । तर, यो फिल्म निर्माण नहुँदै गर्वमा तुहिएको छ !
 
हुनत, फिल्म बनाउन कहाँ सजिलो छ र ! अहिले एउटा फिल्म बनाउन कम्तिमा एक करोड लाग्छ । चलेका कलाकार लिए आधा करोड त पारिश्रमिकै छुट्याउनु पर्छ । अनि, फिल्म चलाउन उस्तै हैरानी । यीनै कारणले उषा र जी.पीले फिल्म निर्माण गर्ने हिम्मत जुटाउन नसकेका हुनसक्छन् । तर, फिल्म घोषणै गरेपछि दर्शकलाई झुक्याउनु त भएनन नी !
Most Visited News (monthly)