Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘च च हुई’ गीत रिलिज, एलिशाको ‘जवानी’ धान्न आर्यन तयार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/09/29
दशैंको घटस्थापनाको शुभ अवसरमा साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को आइटम गीत सार्वजनिक भएको छ । ‘जवानी’ बोलको गीतमा फिल्मका प्रमुख अभिनेता आर्यन सिग्देल र ‘चिँ मुसी चिँ’ फेम्ड अभिनेत्री तथा अहिलेकी चर्चित मोडल एलिशा शर्मा फिचर्ड छन् । गीतमा एलिसालाई बोल्ड अवतारमा देख्न सकिन्छ । उनको जवानी देखेर आर्यन लोभिएका छन् । 
 
 
बालाजुस्थित एनएफडिसीमा भब्य सेट निर्माण गरेर खिचिएको गीतमा शिशिर खातीको कोरियोग्राफी छ । गीतमा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको छ । भने, रोशन थापाको संगीत छ । रोशनलाई गायनमा सुमन गुरुङले साथ दिएकी छन् । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक भुटिया बताउँछन् । 
 
यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । फिल्ममा आर्यनका अलावा मिरुना मगर, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयं हुन् । 
 
मंसिर ६ गते प्रदर्शन हुने फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ । निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल फिल्म बनाउने प्रयत्न गरेको बताए । अभिनेता आर्यन र अभिनेत्री मिरुनाले फिल्म राम्रो बनेको बताए । दुबै फिल्मलाई लिएर उत्साहित छन् । 
 
गीत हेर्नुहोस् :-

...........................................................................................................................

 
विज्ञापन ::

Most Visited News (monthly)