Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सरौतो’ गीत : सुमीको प्रेममा सन्नी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/09/29
आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित फिल्म ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ ले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमका बीच रोमान्टिक भावको ‘केही आधा’ बोलको गीत सार्वजनिक गरेको हो । 
 
 
‘पन्छी’ फेम्ड गायक पुष्पन प्रधानको स्वर, शब्द र संगीत रहेको गीतको भिडियोमा फिल्मका दुई लिड कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । भने, कोरियोग्राफी र छायांकन निर्देशक हरि स्वयंको हो । उनका अनुसार, यस गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको छ । 
 
बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा र जनकपुरमा छायांकन गरिएको हो । गीतले नेपाल सरकारको अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सपोर्ट गर्ने विश्वास फिल्म टिमको छ । फिल्ममा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । 
 
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । फिल्म रिभेन्जको कथा निर्माण भएको हो । 
 
गीत हेर्नुहोस् :-

 

..............................................................................................................................................

 

विज्ञापन::

Most Visited News (monthly)