Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शिवरात्रीमा ‘साङ्लो’, पोस्टरमा विराजको यस्तो लुक

फिल्मीखबर, काठमाण्डौ, 2019/09/28
अभिनेता विराज भट्टको डेब्यू निर्देशित फिल्म ‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । जसमा अभिनेता भट्ट स्वयं फिचर्ड छन् । उनलाई एक्सन लुकमा देख्न सकिन्छ । पोस्टरसँगै फिल्मको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि कात्तिक १५ मा आउने निश्चित भएको यो फिल्म अब महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । 
 
यो मितिमा यसअघि नै अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन २’ छ । अब फागुन ९ मा ‘साङ्लो’ र  ‘लप्पन छप्पन २’ भिड्नेछन् । ‘साङ्लो’ लाई विराज स्वयंले निर्माण गरेका हुन् । भोजपुरी फिल्ममा ‘डाउनफल’ सुरु भएपछि उनले तीन वर्ष अगाडि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । 
 
 
तर, यो फिल्म बक्सअफिसमा असफल हुँदा विराजको कमब्याक सुखद हुन सकेन । अब उनी आफैं फिल्म निर्माण र निर्देशनमा होमिएका छन् । ‘साङ्लो’ ले आफ्नो पुरानो स्टारडम फिर्ता गर्नेमा उनी विश्वस्त छन् । लामो समयदेखि काँचको पर्दाबाट टाढा रहेका कारण उनको एक्सनको भोका प्रशंसकमाझ यो फिल्मको व्यग्र प्रतिक्षा  छ । फिल्मले किड्नी तस्करीको कथा भन्छ । 
 
फिल्ममा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा शिवम् अधिकारीको कथा र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । 
 
............................................................................................................................
 
विज्ञापन::

 

Most Visited News (monthly)