Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

विदेशमा सबैभन्दा धेरै कमाउने फिल्म ‘भारत’

एजेन्सी, मुम्बई, 2019/09/28
 
यस वर्षको इदमा प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान र कटरीना कैफ स्टारर फिल्म ‘भारत’ कमाईको मामलामा सबैभन्दा अगाडि देखिएको छ । अली अब्बास जफर द्वारा निर्देशित यो फिल्मले भारतभन्दा बाहिरबाट १०.७१ मिलियन डलर अर्थात् ७५ करोड ९९ लाख कमाएको ‘टाइम्स अफ इन्डिया डट इन्डियाटाइम्स डट कम’ को रिपोर्टमा उल्लेख छ । फिल्ममा सलमानले जवान र अर्धबैशे पुरुषको भूमिका निभाएका थिए ।
 
‘भारत’ ले जब भारतमा सय करोडको व्यापार गर्‍यो तब फिल्म र व्यापार विशेषज्ञ तरण आदर्शले भनेका थिए, ‘यो सलमान खानका लागि एकपछि अर्को १४ सतक बनेको छ ।’ सलमानको अहिलेसम्मको करिअरमा १४ फिल्मले सय करोडको आँकडा पार गरेका छन् । ‘भारत’ पछि विदेशमा सर्वाधिक कमाउने फिल्मको सूचीमा जोया अख्तरको फिल्म ‘गली ब्वाई’ सामेल छ । विदेशमा फिल्मले ७२ करोड ७३ लाख कमाएको छ ।
 
अभिनेता विक्की कौशलको जोश भारतभन्दा बाहिर पनि देख्न मिलेको छ ।  उनको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ यो सूचीको तेस्रो नम्बरमा छ । फिल्मले देशभन्दा बाहिर ५२ करोड ९२ लाखभन्दा बढिको व्यापार गरेको इन्डियाटाइम्सको रिपोर्टमा उल्लेख छ । आश्चर्यजनक कुरा यो छ कि करण जोहरको फिल्म ‘कलंक’ यो लिस्टको चौथो नम्बरमा छ । फिल्मले ५० करोड ८७ लाख विदेशबाट कमाएको छ । यो फिल्म भारतमा फ्लप भएको थियो ।
 
पाचौं नम्बरमा विदेशबाट ५० करोड ३८ लाख कमाएर अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ छ । यसपछि नाम आउँछ अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ को, जसले विदेशमा ४९ करोड ३१ लाख छापेको छ । ४६ करोड ३३ लाख कमाउँदै सातौं नम्बरमा ‘टोटल धमाल’, ३६ करोड ८२ लाखसहित ‘सुपर ३०’ आठौं नम्बरमा, नवौं नम्बरमा ३३ करोड २ लाख कमाउँदै ‘बदला’ छ भने २४ करोड ८३ लाखको व्यापारसहित दशौं नम्बरमा ‘छिछोरे’ छ ।
 
............................................................................................................................
 
विज्ञापन::
Most Visited News (monthly)