Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्को दशैंमा अशोक शर्माको ‘अल्लारे २’

फिल्मीखबर, काठमाण्डौ, 2019/09/27
 
भेट्रान निर्देशक अशोक शर्माले अर्को वर्षको दशैं पनि नछाड्ने भएका छन् । गएको वर्षको दशैंको फूलपातीमा ‘जय भोले’ र यस वर्षको घटस्थापनाको छेकोमा ‘रातो टिका निधारमा’ ल्याएका उनले २०७७ सालको दशैंमा आफ्नो निर्देशनमा दशक अगाडि निर्माण भएको ब्लकबस्टर फिल्म ‘अल्लारे’ को दोस्रो श्रृंखला प्रदर्शन गर्ने भएका छन् । ‘जय भोले’ भन्दा अगाडि नै उनले यो फिल्म गर्ने चर्चा थियो । 
 
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘रातो टिका निधारमा’ को अन्तिममा निर्देशक शर्माले अर्को वर्षको दशैंमा ‘अल्लारे २’ प्रदर्शनमा आउने उल्लेख गरेका छन् । तर, यसपटक फिल्मको निर्देशन उनले गर्ने छैनन् । फिल्म निर्देशनको जिम्मेवारी उनले छोरी कृति शर्मालाई सुम्पिएका छन् । कृतिले अमेरिकमा फिल्म मेकिङमा ब्याचलर गरेर नेपाल फर्किएकी हुन् । 
 
अहिले उनी अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यू गर्न लागेको फिल्म ‘पानीफोटो’ मा सहायक निर्देशकको रुपमा काम गरिरहेकी छन् । ‘रातो टिका निधारमा’ मा पनि उनले पितालाई निर्देशनमा सघाएकी थिइन् । अब उनलाई पिताले ‘अल्लारे’ को दोस्रो श्रृंखला निर्देशन गर्ने जिम्मेवारी हस्तान्तरण गरेका छन् । अहिलेसम्म फिल्मका लागि कलाकारको टुंगो लागेको छैन । 
 
सन् १९९८ मा प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा राजेश हमाल, करिश्मा मानन्धर, नीर शाह, अशोक शर्मा प्रमुख भूमिकामा थिए । संगीतकार शम्भुजित बाँस्कोटाको कथालाई स्वर्गीय शिव रेग्मीले पटकथामा ढालेका थिए । यो फिल्ममा समावेश ‘रातो टिका निधारमा’ गीत अझै पनि दर्शकमाझ लोकप्रिय छ । यही गीतको शिर्षक सापटी लिएर निर्देशक शर्माले ‘रातो टिका निधारमा’ फिल्म निर्माण गरेका हुन् । 
 
................................................................................................................................................
 
विज्ञापन::

 

Most Visited News (monthly)