Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(101 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कबड्डी ३’ को विकेन्ड कलेक्सन ४ करोड नाघ्यो

फिल्मीखबर, काठमाण्डौ, 2019/09/23
शुक्रबारबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले घरेलु बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको दुई दिनमा ३ करोड २५ लाख कमाउँदै ‘सिंगल डे’ कलेक्सनमा रेकर्ड कायम गरेको फिल्मले आइतबार बिना विदामा पनि जबरजस्त व्यापार गरेको छ । आइतबार १ करोड ७ लाख कमाउँदै फिल्मले तीन दिनमा कुल ४ करोड ३२ लाख छापेको छ । वितरक कम्पनी स्टेशन फाइभले यसको जानकारी दिएको हो । 
 
शनिबारको तुलानामा ३३.६४ प्रतिशतले फिल्मको कलेक्सनमा गिरावट आएपनि आइतबार बिना विदामा बक्सअफिसमा १ करोडको कमाई गर्नु ठूलो अंक हो । मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ को प्रभाव फिल्मको कलेक्सनमा परेको देखिन्छ । विकेन्डमै लगानी सुरक्षित भएर फिल्म नाफाको बाटोमा दौडिएको छ । फिल्मको सफलताबाट निर्माण टिम निकै खुसी छ । 
 
 
‘कबड्डी कबड्डी कबड्डी’ ले पहिलो हप्ताको अन्त्यसम्म ७ करोडको आँकडा छुने फिल्म पण्डितहरुको अनुमान छ । फिल्मले सोमबार पनि दर्शकको राम्रो साथ पाएको वितरकले बताएका छन् । सोमबार फिल्मले बक्सअफिसमा ६० लाखमाथि छाप्ने अनुमान गरिएको छ । यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मको कलेक्सन एकलभन्दा मल्टीप्लेक्समा उछाल छ । 
 
फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुनुमा ब्रान्ड बनेको सिरिज, गीतसंगीतले निर्माण गरेको हाइप र नाम चलेका कलाकारहरुको अभिनयलाई प्रमुख कारण मानिएको छ । तर, यो फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया बटुल्न सफल भए पनि समीक्षकले खासै रुचाएका छैनन । ‘कबड्डी’ कै ह्याङओभरबाट फिल्म ग्रस्त रहेको भन्दै निर्देशक तथा पटकथाकार गुरुङको आलोचना भइरहेको छ । 
 
फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । शैलेन्द्र डि. कार्कीले खिचेको फिल्मले नजिकिँदै गरेको दशैं विदाको फाइदा पनि उठाउने अनुमान फिल्म पण्डितहरुको छ । 
Most Visited News (monthly)