Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

सुहाएको जसिता र धिरजको जोडी !

फिल्मीखबर, काठमाण्डौ, 2019/09/22
पूर्व प्रेमजोडी हुन्, अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ । यूके रैनाथे उनीहरु फिल्ममा प्रवेश गर्नुअगाडि केही वर्ष प्रेम सम्बन्धमा थिए । ‘लिलिबिली’ बाट जसिताले फिल्मी अभिनय आरम्भ गरेपछि दुईको सम्बन्धमा पूर्णविराम लागेको बताइन्छ । तर, यो कुरा दुबै स्वीकार गर्ने पक्षमा छैनन् । पहिलादेखि नै चिनचान भएता पनि अफेयर भने नभएको उनीहरुको दाबी छ । 
 
 
 
यसबीच, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले नयाँ फिल्म ‘आई एम ट्वान्टिवान’ मा ‘इन्टु मिन्टु लण्डनमा’ बाट सानदार डेब्यू गरेका अभिनेता धिरज र अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई फिल्ममा काम गरिसकेकी जसिताको जोडी बाँधेकी छन् । तिहारपछि छायांकन सुरु हुने यो फिल्मका लागि अहिले दुबै वर्कसपमा व्यस्त छन् ।
 
ब्रेकअपपछि जसिता र धिरज एउटै फिल्ममा काम गर्न कसरी राजी भए भन्ने विभिन्न खाले चर्चा परिचर्चा भइरहेको अवस्थामा गएको बिहीवार उनीहरु निर्देशक रेनशाका श्रीमान् प्रज्वल शम्शेर राणाले सञ्चालनमा ल्याएको मल्टीप्लेक्स हल ‘वान सिनेमाज’ को उद्घाटन सेरोमनीमा देखिए । धिरजको पाखुरा समात्दै कार्यक्रममा पुगेकी जसिता निकै बोल्ड अवतारमा देखिएकी थिइन् । 
 
हल उद्घाटन अवधिभर दुईले एकअर्काको साथ छाडेनन् । हलको कुर्सीमा बस्दा समेत जसिताले धिरजको पाखुरा समातिरहेकी थिइन् । मिडियाका लागि तस्वीर खिचाउँदा पनि दुईबीच गजबकै घनिष्टता देखिएको थियो । यी दृश्य हेर्दा यस्तो लाग्थ्यो, पुरानो प्रेम फेरि टुसाउन खोज्दैछ । फेरि उनीहरु प्रेमको अथाहा गहिराइमा डुब्न खोज्दैछन् । दुईको सामिप्यता देखेर यो महशुस नगर्ने कार्यक्रममा सायदै थिए । 
 
 
 
पहिलो पटक धिरज र जसिताको जोडी बाँधिएका कारण छायांकन अगावै ‘आई एम ट्वान्टिवान’ को दर्शकमाझ व्यग्र प्रतिक्षा भइरहेको छ । अहिलेदेखि नै भइरहेको यो जोडीको चर्चाले फिल्मको हाइप निर्माणमा ठूलो मद्दत पुग्ने देखिन्छ । त्यसैले निर्देशक रेनशाले पनि दुईलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेकी छैनन् । आफ्नो हल उद्घाटनमा उनले दुईलाई उपस्थित गराउनुको उद्देश्य पनि यही थियो । 
Most Visited News (monthly)