Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

साम्राज्ञीले आफ्नो फ्यानलाई चिनाइन् अंकित

फिल्मीखबर, काठमाडौं, 2019/09/21
फिल्म ‘डिम्स’ बाट सानदार डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी आरएल शाहले थोरै फिल्म खेलेर लोभलाग्दो फ्यान फलोइंग कमाएकी छन् । शहरिया युवापुस्तामा उनको गजबको क्रेज छ । त्यसैले त उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुने गर्दछ । फिल्मलाई आफ्नो काँधमा बोकेर हिँड्न सक्ने उनको पछिल्लो रिलिज फिल्म ‘मारुनी’ हो । जसमा उनको अभिनयको निकै प्रशंसा भएको थियो । फिल्ममा उनी ट्रान्सजेन्डर युवतीको भूमिकामा थिइन् । 
 
 
 
उनको नयाँ फिल्म ‘रातो टीका निधारमा’ यही असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी छन् । यो फिल्मलाई लिएर निकै उत्साहित रहेकी उनले शनिबार विभिन्न शहरबाट आएका आफ्ना तीस ‘डाइहार्ट फ्यान’ सँग भेट गरिन् । ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो, जसमा १० हजारले उनलाई भेट्ने इच्छा देखाएका थिए । 
 
त्यसमध्ये छानिएका तीस जनाले शनिबार राजधानीको कमलपोखरीमा रहेको डिसिएनको कार्यालयमा साम्राज्ञीसँग भेट गरे । आफ्नो ‘फेभरेट एक्ट्रेस’ सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । सबैले साम्राज्ञीको अभिनयको आफूहरु ठूलो प्रशंसक रहेको र कुनै फिल्म नछुटाइ हेर्ने गरेको बताए । चितवनबाट आएकी एक युवतीले साम्राज्ञीको अभिनय र ड्रेसिङ सेन्सको आफू ठूलो प्रशंसक रहेको बताइन् । 
 
आफूलाई भेट्नकै खातिर विभिन्न शहरबाट आएका फ्यानहरुसँग भेट्दा साम्राज्ञी पनि कम खुसी देखिएकी थिइनन् । उनले आफूलाई दर्शकसँग प्रत्यक्ष भेट्न मन लाग्ने भएता पनि विभिन्न कारणले सम्भव नहुने बताइन् । फ्यानहरुको यस प्रकारको मायाले राम्रो फिल्म गर्न आफूलाई सधैं हौसला मिल्ने उनी बताउँछन् । उनले फ्यानसँग ‘रुटिन अफ नेपाल बन्द’ को तर्फबाट ल्याइएको केक पनि काटिन् । र, सबैलाई आफ्नै हातले केक खुवाइन् । 
 
 
 
साम्राज्ञीले ‘रातो टीका निधारमा’ का अभिनेता अंकित शर्मालाई पनि आफ्ना ‘डाइहार्ट फ्यान’ माझ चिनाइन् । उनले आफूलाई जस्तै अंकितलाई पनि माया र सपोर्ट गर्न फ्यानलाई आग्रह गरिन् । अंकितले पनि आफू साम्राज्ञीको ठूलो फ्यान रहेको बताए । ‘म साम्राज्ञीको प्रेजेन्सको नै फ्यान हुँ’, उनले भने । कार्यक्रममा साम्राज्ञी र अंकित दुबैले आफ्नो हस्ताक्षर रहेको फिल्मको टिसर्ट र पोस्टर मायाको चिनो स्वरुप फ्यानलाई प्रदान गरे । 
 
तस्वीर : गोपीकृष्ण चापागाईँ
Most Visited News (monthly)