Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पासवर्ड’ प्रिमियरका लागि नेपाल आइन् सन्नी

फिल्मीखबर, काठमाडौं, 2019/09/12
पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । बिहीबार दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’ को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् । उनी शनिबार दिउँसो स्वदेश फर्किनेछिन् । 
 
विमानस्थालमा उनलाई स्वागत गर्न फिल्मका निर्देशक सम्राट बस्नेतसहित कलाकार र निर्माता पुगेका थिए । फिल्मको टिमले उनलाई खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर न्यानो स्वागत गर्‍यो । उनी विमानस्थलबाट सिधै बौद्धमा रहेको पाँचतारे होटल हायत गएकी छन् । साँझ साढे ७ बजे उनी प्रिमियरमा सहभागी हुन कुमारी हल पुग्ने कार्यक्रम छ । 
 
 
फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । यो गीतलाई यूट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको छ । फिल्ममा उनको अभिनय पनि रहेको निर्माण टिमले बताएको छ । नेपाल सबैभन्दा मनपर्ने देश बताउने उनले पहिलो पटक नेपाली फिल्ममा काम गरेकी हुन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । 
 
अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली तीन करोड पारिश्रमिक बुझेको चर्चा छ । यस गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । गीत यूट्युबमा सार्वजनिक भएपछि उनले ट्वीटरमार्फत् नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको बताएकी थिइन् । 
 
अभिनेत्री सन्नीको यो तेस्रो नेपाल यात्रा हो । यसअघि उनी दुईपटक नेपालको रमणीय स्थान घुम्न र आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आएकी थिइन् । उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन् । यसपटक पनि उनले श्रीमानलाई साथमा लिएर आएकी छन् । बलिउडमा उनी एडल्ट फिल्म गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
Most Visited News (monthly)