Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले कहिल्यै बिहे गर्दैन : सलीम खान

एजेन्सी, मुम्बई, 2019/09/05
 
बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म 'भारत' हो । 
 
सलमानलाई वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक-पटक गर्ने गरेका छन्- 'कहिले बिहे गर्ने ?' उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ । तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन ।
 
सलमानको पारिवारिक सुत्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, 'सलमानलाई बिहेको दबाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।' ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले कहिल्यै बिहे नगर्ने फैसला लिएका हुन् ।  
Most Visited News (monthly)