Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहुबली स्टारहरू सँग फिल्म खेल्दै शाहरुखका छोरा आर्यन

एजेन्सी, , 2019/07/25
शाहरूख खानका छोरा आर्यन खानको भारतमा चर्चा चुलिएको छ । हालै रिलीज ‘द लायन किंग’मा आफ्नो आवाज दिएका आर्यन ‘बाहुबली’ स्टारहरूसँग फिल्म खेल्ने चर्चा चलेको छ ।
 
 
प्रभास र राणा दग्गुबातीको साथमा उनले साउथ फिल्ममा अभिनय गर्ने बताइएको छ । भारतीय मीडिया रिपोर्ट अनुसार उनले निर्देशक गुनेशकको माइथोलजिकल फिल्म’ हिरण्यकश्यप’बाट आर्यन खान फिल्म इंडस्ट्रिमा कदम राख्न सक्छन् । उक्त फिल्ममा उनि प्रहलाद भूमिकामा रहनेछन् । यसमा पनि बाहुबलिमा जसरी नै प्रभास र राणा दग्गुबाती एक अर्कामा दुश्मन देखिनेछन् ।
 
फिल्ममा बाहुबली एक्ट्रेस तमन्ना भाटिया र अनुष्का शेट्टी समेत नजर आउनेछन् ।
Most Visited News (monthly)