
विशारद बस्नेत र मिराज रोशको संयुक्त निर्देशन रहेको फिल्म ‘न यता न उता’ को आइतबार अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सबैलाई स्थान दिइएको छ । साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म कमेडी विषयवस्तुमा निर्माण भएको सार्वजनिक पोस्टरले प्रस्ट्याउँछ ।
पोस्टरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउने देखिन्छ । ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा रहेको फिल्ममा ऋचा शर्मा, मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।
फिल्मको यसअघि सार्वजनिक भएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । यो फिल्ममा अरोन अशोक कुमारको छायांकन छ । फिल्ममा दुई अर्धबैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मध्येका एक विशारदले बताए । यस फिल्मले उठाएको कथा नेपाली फिल्ममा नै पहिलो पटक रहेको उनको भनाई छ ।
ट्रेलर हेर्नुहोस् :-

