Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको फिल्ममा ‘इन्टु मिन्टु...’ की रेनशा निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2019/07/12
आफ्नो होम प्रोडक्सनको ब्यानरमा बनेका पछिल्ला फिल्मको आफैंले क्याप्टेनसिप सम्हाल्दै आएकी एक समयकी ‘नम्बर वान’ अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को छैटौं फिल्ममा निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई राणालाई अनुबन्ध गरेकी छन् । शुक्रबार परेको रेनशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ फिल्ममा उनलाई निर्देशकको रुपमा भित्राएकी हुन् । 
 
 
रेनशाले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । यो फिल्मबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । उनको निर्देशकीय क्षमताको निकै तारिफ भएको थियो । अहिले उनी आफ्नै होम प्रोडक्सनको फिल्म ‘आई एम ट्वान्टिवान’ को तयारीमा छिन् । यो फिल्मभन्दा अगाडि उनले अब रेखाको फिल्म निर्देशन गर्ने भएकी छन् । 
 
रेखाले फिल्मको छायांकन दशैंपछि सुरु हुने जानकारी दिएकी छन् । अभिमन्यू निरवीले तयार पारेको कथामा बन्ने फिल्म मल्टीस्टारर हुने बताइएको छ । केही हप्तायता फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । निर्देशक रेनशाले जन्मदिनमा विशेष उपहार पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले आफूले पाएको जिम्मेवारी इमान्दारपूर्वक निर्वाहा गर्ने बताएकी छन् । 
 
 
फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । अभिनेत्री रेखाले स्क्रिप्टको काम पूरा भएपछि फिल्मको नाम जुराइने बताइन् । फिल्ममा उनको अभिनय रहने छ वा छैन ? त्यो गोप्य राखिएको छ । फिल्ममा नयाँदेखि पुरानासम्म चलेका कलाकारहरुको अभिनय रहने जानकारी प्राप्त छ । तर, अहिलेसम्म फिल्ममा कोही कलाकारको रुपमा अनुबन्ध भएका छैनन् । रेखा यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । उनी निर्मित, अभिनीत र निर्देशित पछिल्लो फिल्म 'मालिका' हो । 
Most Visited News (monthly)