Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मान र शिल्पाको ‘सानो मन’ हलमा

फिल्मीखबर, काठमाण्डौ, 2019/07/12
गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि कुनै नेपाली फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । हलिउड फिल्म 'स्पाइडर म्यान' र गएको तीन हप्तादेखि बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म 'कबीर सिंह' ले नेपालका मल्टीप्लेक्स कब्जा गरेका छन् । तर, हरेक हप्ताको शुक्रबार प्रदर्शनमा आउने नेपाली फिल्मले भने हलमा दर्शक तान्न सकेका छैनन् । 
 
यसबीच, शुक्रबारबाट फिल्म ‘सानो मन’ ले आफ्नो प्रदर्शन थालेको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको फिल्ममा चकलेटी ब्वाई आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका छ । फिल्मलाई सुयोग गुरुङ्गले निर्देशन गरेका हुन् । यो फिल्म उनको डेब्यू हो । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका छन् । 
 
 
बिहीबार साँझ यो फिल्मको राजधानीको कुमारी हलमा ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियर उपस्थिति अधिकांश फिल्मकर्मीहरुले निर्देशक गुरुङ्गको निर्देशकीय क्षमता, अभिनेता आयुष्मान र अभिनेत्री शिल्पाको अभिनय र छायाँकार आलोक शुक्लाको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए । फिल्मले आयुष्मान र शिल्पाबीचको प्रेममा आउने उतारचढावमा केन्द्रित छ । यो फिल्मबाट निर्देशक गुरुङ्गले राम्रो सम्भावना देखाएका छन् । 
 
आयुष्मान र शिल्पाका अलावा फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । 
 
‘सानो मन’ सँगै सिंगल थिएटरमा अभिनेता सविन श्रेष्ठ स्टारर फिल्म 'बदला' पनि प्रदर्शनमा आएको छ । समिर मियाँले निर्देशन गरेको फिल्ममा नम्रता योगी, चन्दु चौधरी, मन्जिला चौधरी, राजाराम शाहलगायतको अभिनय छ । फिल्ममा चन्द्रकान्त चौधरीको निर्माण, निरज कुमारको संगीत, गजेन्द्र गजुको लेखन, रामजी लामिछानेको नृत्य, राजेन्द्र चौधरीको द्वन्द्व छ । फिल्म लभस्टोरी-एक्सन जनरामा निर्माण भएको छ । 
Most Visited News (monthly)