Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘साइनो’ ट्रेलरः राजकुमारको प्रेममा मिरुना र नीता

फिल्मीखबर, काठमाण्डौ, 2019/07/11
नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ । फिल्मले त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने ट्रेलरबाट अनुमान काट्न गाह्रो पर्दैन । 
 
 
ट्रेलर हेर्दा फिल्ममा अभिनेत्री मिरुना मगरको भूमिका बलशाली देखिन्छ । फिल्ममा नव-अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको पनि प्रमुख भूमिका छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । फिल्ममा प्रेममा जातिय मसला घुसाइएको छ । ‘साइनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । 
 
फिल्मका निर्देशक रमेश थापा हुन् । फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू 'निरवी' ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । उनी अभिनीत पछिल्लो फिल्म 'रोज' हो । 
 
फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)