Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कबीर सिंह’ ब्लकबस्टर, शाहिदले बढाए दोब्बर पारिश्रमिक

एजेन्सी, मुम्बई, 2019/07/02
 
शाहिद कपूर अभिनीत फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा अविश्वसनीय सफलता हासिल गरेको छ । यो फिल्मले दोस्रो हप्ता पनि बम्पर व्यापार गरिरहेको छ । हरेक दिन फिल्मले सफलताको नयाँ नयाँ आयाम रच्दै गएको छ । ‘कबीर सिंह ’को सफलतापछि शाहिदको खुसीको पनि सीमा छैन । उनी फिल्मको सफलताबाट निकै खुसी छन् । 
 
भारतीय मिडियाका अनुुसार, फिल्मको कमीका कारण लामो समयदेखि तनाबमा रहेका शाहिदले ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि आफ्नो पारिश्रमिक दोब्बर बढाउने फैसला गरेका छन् । यसअघि उनले एक फिल्ममा १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए । हालै उनले एक फिल्मका लागि २१ करोड लिएको चर्चा छ । 
 
बलिउड लाइफका अनुसार, ‘कबीर सिंह’ को सफलतापछि इन्डस्ट्रीमा अचानक शाहिदको डिमान्ड बढेको छ । उनलाई कयौं ठूला फिल्म मिल्न थालेको छ । अब उनी एक फिल्मका लागि २१ करोडभन्दा तल काम नगर्ने मनस्थितिमा छन् । ‘कबीर सिंह’ को प्रमोसनको क्रममा उनले आफूसँग फिल्म नभएको र यो फिल्मपछि खाली रहेको बताएका थिए ।
 
फिल्म ‘कबीर सिंह’ तेलुगू फिल्म 'अर्जुन रेड्डी' को हिन्दी रिमेक हो । यो फिल्म २१ जूनमा रिलिज भएको थियो । तबदेखि बक्सअफिसमा फिल्म छाएको छ । फिल्मले हालसम्म १ सय ८० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । यो शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म होे । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी छिन् । 
Most Visited News (monthly)