
अभिनेता आयुष्मान खुराना लामो समयदेखि आफ्नो लिकबाट हटेर फिल्म गरिरहेका छन् । आफ्नो पहिलो फिल्ममा स्पर्म डोनरको भूमिका निभाएका आयुष्मानले आफ्ना हरेक फिल्ममा परम्परागत एक्टरभन्दा भिन्न रोल निभाएका छन् । फिल्म 'दम लगा के हइशा' मा बडी शेमिङ जस्तो मुद्धामा फिल्म गरेर उनले निकै तारिफ बटुलेका थिए ।
आयुष्मानले आफ्नो पछिल्लो सबै फिल्ममा यस्तो मुद्धा चुनिरहेका छन्, जसको समाजमा निकै कम चर्चा हुन्छ । तर, यी सबै फिल्म यस्तो थियो, जून कमेडी र कटाक्षको दायरामा थियो । तर, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'आर्टिकल १५' मार्फत् उनले समाजको एक डार्क अनुहार प्रस्तुत गर्ने कोशिश गरेका छन् ।
उनले डीएनएसँग कुराकानी गर्दै भने- 'मैले थिएटरमा पाँच-छ वर्ष काम गरेँ र त्यस दौरानमा गम्भीर वा निकै इन्टेन्स भूमिका पनि निभाउने गर्दथेँ । मेरो पर्सनालिटीको यो हिस्सालाई अहिलेसम्म फिल्ममा एक्सप्लोर गर्न पाएको थिइनँ । तर, 'आर्टिकल १५' बाट मैले आफ्नो पर्सनालिटीको एक हिस्सा देखाउने मौका पाएको छु ।'
आयुष्मान 'शुभ मंगल सावधान' को सिक्वेलमा एक 'गे' व्यक्तिको भूमिका निभाउँदैछन् । उनको यो मुद्धामा एक संवेदनशील फिल्मको विश्वास गर्न सकिन्छ । उनी भन्छन्, 'मेरो करिअरको ग्राफमा जति नै उचारचढाव आएपनि सोसल मुद्धामा बनेको फिल्ममा इन्टरटेनमेन्ट र डार्कनेसको डोज घोलेर अडियन्सलाई हरेक पटक चकित गर्ने कोशिश गर्नेछु ।'

