Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘द डार्क एण्ड लाइट’ मा मरिष्काको ठुम्का

फिल्मीखबर, काठमाण्डौ, 2019/06/26
फिल्म ‘द डार्क एण्ड लाइट’ को छायांकन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । खालिङ सिस्टर्स मुभिज प्रा.लिको ब्यानरमा निर्मित यो फिल्म भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । मंगलबार पोखरामा ‘राधा कृष्ण’ बोलको गीतको छायांकनसँगै फिल्म प्याकअप भएको हो ।
 
उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ । गायिका सरस्वती यस फिल्मकी निर्मात्री, निर्देशक र कलाकार पनि हुन् । 
 
 
उनीसँगै राजु अर्याल र पिटर खालिङले संयुक्त रुपमा निर्देशन गरेको फिल्म समसामयिक विषयमा आधारित छ । फिल्मले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने निर्देशक पिटर बताउँछन् । उनका अनुसार, फिल्म कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान छ ।
 
पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राईलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । कुमार महर्जनको द्वन्द्व रहेको फिल्ममा शिव ढकाल तथा सविन भट्टराईले छायांकन गरेका छन् । कमल राई फिल्मका कोरियोग्राफर हुन् । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक पिटर स्वयंमको हो । 
Most Visited News (monthly)