Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साइनो’ गीतमा टिकटक बनाएर नगद जित्ने अवसर

फिल्मीखबर, काठमाण्डौ, 2019/06/24
नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साइनो’ को ‘कुन मायाको साइनो’ बोलको गीतमाथि टिकटक आह्वान गरिएको छ । आइतबार सार्वजनिक भएको यस लिरिकल गीतमा एलिश कार्कीको संगीत सुन्न सकिन्छ भने प्रताप दास र जीना रसाइलीको स्वर छ । राजेशकुमार श्रेष्ठले गीतको शब्द लेखेका हुन् । कोरियोग्राफी रामजी लामिछानेको छ । 
 
 
गीतमा अभिनेत्री द्वय नीता ढुंगाना, मिरुना मगर र नव-अभिनेता राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । सार्वजनिक गीतको कुनै पनि अंशमा इच्छुकले टिकटक भिडियो बनाउन सक्ने निर्देशक रमेश थापाले जानकारी दिए । टिकटक बनाएर 'साइनो' को अफिसियल फेसबुक पेजमा पठाउनु पर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । 
 
प्रथम हुने टिकटक भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको निर्मात्री भुवन चन्द थापाले बताइन् । त्यस्तै, पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । विजेताको घोषणा फिल्म रिलिज अगावै हुनेछ । साउन २४ मा फिल्म रिलिज हुँदैछ । 
 
फिल्ममा भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका कलाकारको अभिनय छ । अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)