Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो मन’ को शिर्ष गीतमा छल्कियो आयुष्मान र शिल्पाको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/06/23
असार २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ को शिर्ष गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको थिम प्रस्ट्याउने गीतमा सुयोग सोताङ्गको संगीत रहेको छ । भने, रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ । गीतले फिल्मका लिड अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेम भाव बोल्छ । 
 
 
संगीतकार सोताङ्गले बजारमा चलेका गीतभन्दा फिल्मको शिर्ष गीत केही फरक बनेको बताए । ‘सानो मन’ का निर्देशक सुयोग गुरुङ्गले गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको बताए । युवा युवतीबीच नौलो प्रेम हुँदाको क्षण झल्किने यस गीत युवायुवतीको वास्तविकतासँग नजिक रहेको उनको भनाई छ । उनको यो डेब्यू निर्देशन हो । 
 
आयुष्मान र शिल्पाका अलावा फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । 
 
समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन् । काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)