अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत दुबै एकअर्काका लागि निकै फापेका छन् । दुईले हाल प्रदर्शनरत फिल्म 'जात्रै जात्रा' सहित तीन फिल्ममा काम गरे । 'जात्रा' बाट सुरु भएको दुईको सहकार्य फिल्म 'गोपी' मा पनि भयो । भलै, यो फिल्मले बक्सअफिसमा कमाल गरेन । प्रदीप भट्टराई निर्देशित 'जात्रा' ले भने हलमा प्रदर्शनको ५१ दिन मनाएको थियो । अब, यसको सिक्वेल पनि यही बाटोमा छ । फिल्म बिहीवार ३५ औं दिनमा प्रदर्शनरत छ ।
(1).jpg)
'जात्रा' को दुबै पार्टमा विपिन र वर्षाले श्रीमान्-श्रीमतीको भूमिका निभाए । 'गोपी' मा भने प्रेम-प्रेमिका बनेका थिए । तीन फिल्ममा सहकार्य भइसक्दा यी अभिनेता-अभिनेत्री एकअर्कासँग निकै नजिक भएका छन् । दुबै खुल्लेआम एकअर्काको मजाक उडाउन समेत हिचकिचाउँदैनन् । दुई एकअर्कालाई 'तिमी' भनेर सम्बोधन गर्छन् । उनीहरु एकअर्कासँग काम गर्न एकदमै सहज हुने बताउँछन् । दर्शकले पनि दुईको जोडी निकै रुचाएका छन् ।
अष्ट्रेलियामा भएको 'जात्रै जात्रा' को शो भ्याएर १५ दिनपछि गएको शुक्रबार नेपाल फर्किएका विपिन र वर्षा मंगलबार राजधानीको बिग मुभिजमा भएको फिल्मको स्पेशल शोमा पनि उपस्थिति भएका थिए । त्यहाँ उनीहरु एकअर्कासँग निकै नजिक देखिए र खुसी पनि । कलाकारहरुको बाक्लो उपस्थिति रहेको फिल्मको स्पेशल शोमा दुईले गरेको कानेखुसी र वर्षाको कफी विपिनले बोकेको दृश्य धेरैले चाखपूर्वक हेरेका थिए ।
फिल्मीखबरका फोटोग्राफर विवेक बस्यालको क्यामेरामा कैद भएको दुई तश्बिरबाट पनि उनीहरु एकअर्कासँग निकै नजिक रहेको प्रस्ट्याउँछ । पहिलो तश्विरमा विपिन वर्षाका लागि कफीमा सुगर हाल्दै देखिएका छन् । वर्षा भने केही खाइरहेकी छिन् । दोस्रो तश्विरमा अभिनेता पल शाह, निर्देशक प्रदीप भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँसँग तश्विर खिचाउने क्रममा विपिनको हातमा रहेको कफी वर्षाले लिएकी छन् ।
(5)(1).jpg)
'जात्रै जात्रा' को स्पेशल शोमा सञ्चारकर्मीले वर्षाबाट विपिनसँग काम गर्दाको अनुभव जान्न खोजे । उनले आफूलाई विपिनसँग काम गर्दा निकै सहज महशुस हुने बताइन् । उनी भन्छिन्, ‘‘जात्रा’ गर्दा केही असहज भएको थियो । किनभने, हाम्रो राम्रो चिनजान भएको थिएन । 'गोपी' र 'जात्रै जात्रा' सम्म्म आइपुग्दा भने हामीमा एकदमै राम्रो मित्रता स्थापित भएको छ ।’’ प्रोफेसनदेखि पर्सनल सबै कुरा आफूहरुमा शेयर हुने पनि उनी बताउँछिन् ।

