Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अडियो सुनेर ‘आप्पा’ बनेका थिए दयाहाङ

फिल्मीखबर, काठमाण्डौ, 2019/06/20
कुनै पनि कलाकार स्क्रिप्ट पढेपछि फिल्म गर्ने वा नगर्ने निधो गर्छन् । राम्रो लागे गर्छन् नभए नकार्छन् । तर, अभिनेता दयाहाङ राई स्क्रिप्ट पढनुभन्दा अगाडि इमेलमा आएको अडियो सुनेर फिल्म ‘आप्पा’ गर्न राजी भएका थिए । कालेबुङबासी निर्देशक अनमोल गुरुङले एक स्टुडियोमा गएर फिल्मको स्क्रिप्ट रेकर्ड गराएका थिए । ब्याकग्राउन्डमा म्यूजिकसहित । 
 
यस फिल्मबाट निर्देशनमा डेब्यू गरेका निर्देशक गुरुङले एक भेटमा भने, ‘दया दाईसँग दर्जनौं स्क्रिप्ट घरमा धुलो लागेर बसेको छ भन्ने मलाई थाहा थियो । त्यसैले मैले स्टुडियोमा गएर फिल्मको स्क्रिप्ट आफैंले पढेर अडियो तयार पारेँ र इमेल गरेँ । दाई (दयाहाङ राई) ले अडियो सुनेपछि फिल्म गर्ने जानकारी दिनुभयो र स्क्रिप्ट पनि पढ्न चाहेको बताउनुभयो ।’ 
 
आप्पाको भूमिकामा सुहाउने भएकै कारण दयाहाङलाई फिल्म अफर गरेको उनको भनाई छ । तर, उनलाई धेरैले आप्पाको भूमिकामा अलि पाका कलाकार लिन सुझाएका छन् । उमेरका कारण दयाहाङ आप्पा (पिता) को भूमिकामा नसुहाउने सुझाव उनलाई धेरैबाट मिलेको थियो । तर, पिता बन्न निश्चित उमेर नहुने उनको धारणा छ । 
 
 
उनी भन्छन्, ‘अहिले २०-२२ वर्षको उमेरमा नै पिता बनेका हुन्छन् । दयाहाङ दाई वास्तविक जीवनमा एक छोराको पिता हुनुहुन्छ । फिल्ममा पनि पिताको भूमिका निभाउनका लागि उहाँको उमेर परफेक्ट हो ।’ मार्केट भ्यालु ‘क्यास’ गर्नका लागि जबरजस्ती रुपमा दयाहाङलाई आप्पाको भूमिकामा अनुबन्ध नगरेको पनि उनले प्रस्टाए । 
 
असार १३ मा रिलिज हुने यस फिल्ममा तीन फरक पुस्ताको प्रतिनिधित्व गर्ने कलाकारहरुको अभिनय छ । दयाहाङसँगै पुराना कलाकार तथा निर्देशक तुलसी घिमिरेको पनि फिल्ममा अभिनय छ । नयाँ कलाकारको रुपमा सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चाले अभिनय गरेका छन् । फिल्म हेर्न तीन पुस्ताका दर्शक हलसम्म आउनेमा निर्देशक गुरुङ विश्वस्त छन् । 
 
माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् । ‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा छ भने उनलाई पटकथा तया संवाद लेखनमा उमेश उपमाले सघाएका छन् । शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा छ । 
 
‘आप्पा’ को ट्रेलर हेर्नूस् :-

Most Visited News (monthly)