Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रै जात्रा’ हेरेपछि रेखादेखि पलसम्मले के भने ?

फिल्मीखबर, काठमाडौं, 2019/06/19
बुधबार प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ३४ औं दिनमा प्रदर्शन भइरहेको छ । अब, फिल्म ५१ दिने बाटोमा छ । दर्शक र समीक्षकले उत्कृष्ट भनेको यस फिल्मले बक्सअफिसमा प्रदर्शनको दुई हप्ता गजबकै व्यापार गर्‍यो । तेस्रो हप्ताबाट फिल्मको व्यापारमा केही गिरावट आए पनि कमजोर भने छैन । फिल्मले चौथो हप्तासम्म घरेलु बजारमा ८ करोडको व्यापार गरेको रिपोर्ट प्राप्त छ । 
 
 
 
 
 
कुनै आशा गरिएका नेपाली फिल्म रिलिज नहुनु र आशा गरिएका विदेशी फिल्मले पनि दर्शक रिझाउन असफल हुँदा यो फिल्मलाई गजबकै फाइदा भएको छ । फिल्मलाई राजधानीका मल्टीप्लेक्सहरुले पाँचौ हप्तामा पनि राम्रो सोज उपलब्ध गराएका छन् । दुई दर्जन बढी सिंगल थिएटरमा फिल्मको दबदबा अझै कायम छ । ‘वर्ड अफ माउथ’ बलियो हुँदा दर्शकको उपस्थिति मल्टीप्लेक्स र सिंगल दुबैतिर राम्रो छ । 
 
अहिले निर्माण टिम जसरी हुन्छ हलमा फिल्म ५१ दिन टिकाउने कसरतमा लागेको छ । मंगलबार साँझ राजधानीको बिग मुभिजमा सेलिब्रेटीहरुलाई बोलाएर निर्माताले फिल्म देखाए । यसको उद्येश्य दर्शकलाई हलमा फिल्म चलिरहेको जानकारी दिन थियो । फिल्म सुरु हुनुभन्दा अगाडि निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले कलाकारलाई आग्रह गरे, ‘फिल्म हेरेपछि तपाईंहरुले सामाजिक सञ्जालमा केही लेखिदिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ 
 
फिल्म हेर्न रेखा थापा, नम्रता श्रेष्ठ, सन्दिप क्षेत्री, सुनिल थापा, पल शाह, वर्षा सिवाकोटी, शिव परियारलगायतका कलाकारहरु पुगेका थिए । ‘जात्रै जात्रा’ हेरेपछि सबैले कलाकारको अभिनय, पटकथा, प्रस्तुती र निर्देशक भट्टराईको निर्देशकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । पल र वर्षाले फिल्मको केही सिनमा भावुक भएको बताए । रेखाले फेसबुकमा ढिलो हेरे पनि राम्रो फिल्म हेरेको भन्दै निर्देशक प्रदीपको तारिफ गरेकी छन् । 
 
 
 
 
 
फिल्मको स्पेशल शोमा विपिन कार्की, वर्षा राउत, निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, कलाकार रविन्द्र झा, हास्य कलाकार राजाराम पौडेल, बाल कलाकार अरविन खड्का पनि उपस्थित भएका थिए । निर्देशक भट्टराईले फिल्मले प्रदर्शनको ३३ औं दिन पार गर्दा पनि दर्शकको साथबाट एकदमैै खुसी भएको बताए । उनी फिल्मले ५१ दिन मनाउनेमा विश्वस्त छन् । 
Most Visited News (monthly)