Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हङकङमा प्रदीपको गजबको क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/06/18
गत वर्ष प्रदर्शनमा आएका फिल्महरु मध्ये सर्वाधिक चर्चामा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को अहिले विभिन्न देश (विदेश) मा प्रदर्शन भइरहेको छ । चोरीको बात लागेपछि नेपालमा राम्रो व्यापार गर्न चुकेको यस फिल्मको गएको आइतबार हङकङमा प्रदर्शन भएको छ । फिल्मको प्रदर्शनका लागि नेपालबाट अभिनेता प्रदीप र निर्माता गोविन्द शाही त्यहाँ पुगेका थिए । 
 
 
 
 
‘योय मा तेइ कम्यूनिटी हल’ मा भएको फिल्मको प्रिमियरमा उल्लेख्य संख्यामा हङकङ नेपालबासीको उपस्थिति रहेको थियो । सबैले फिल्मको मुक्तकण्ठले प्रशंसा गरे । फिल्म हेर्ने दर्शकले आमा र छोरीको मिलनमा भावुक भएको प्रतिक्रिया दिएका छन् । अभिनेता प्रदीप र निर्माता गोविन्द दर्शक प्रतिक्रियाबाट खुसी देखिए । सागर आले मगर र सूर्य राईको सक्रियतामा हङकङमा फिल्मको प्रदर्शन भएको हो । 
 
‘लभ स्टेशन’ को प्रदर्शनमा अभिनेता प्रदीपको गजबको क्रेज देखिएको थियो । चकलेटी लुक्सका कारण युवा-युवतीमाझ लोकप्रिय उनीसँग तश्विर खिचाउन युवतीहरु बीच हानाथाप नै भएको थियो । फिल्म प्रदर्शनका लागि कम्यूनिटी हल पुगेको करीब आधा घण्टा प्रदीपले आफ्ना प्रशंसासँग तश्विर मात्र खिचाएका थिए । उनलाई प्रत्यक्ष भेट्न र तश्विर खिचाउन पाउँदा केही युवती भावुक समेत भएका थिए । उनले आफ्ना केही क्रेजी फ्यानसँग अन्तरक्रिया पनि गरे । 
 
 
 
 
आयोजक सागर आलेले हङकङमा फिल्म ‘लभ स्टेशन’ को सफल प्रदर्शन भएको जानकारी दिएका छन् । प्रदीपले दर्शक प्रतिक्रियाबाट खुसी भएको बताए । यस फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । एक टर्किस फिल्मको नक्कल गरेर निर्माण भएको फिल्मले नेपालबाट लगानी सुरक्षित गर्न असफल भएको थियो । यद्यपि, प्रदीप र जसिताको जोडीलाई भने दर्शकले निकै रुचाएका थिए । 
Most Visited News (monthly)