Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तत्काल बिहे गर्दिनँ : नम्रता श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2019/06/14
अभिनेत्री नम्रता श्रेष्ठलाई 'अभिनयकी रानी' भन्ने गरिन्छ । उनको जीवन्त अभिनयले धेरैलाई लोभ्याउने गरेको छ । उनको सुन्दरताका प्रशंसक पनि धेरै छन् । शुक्रबारबाट ३२ वर्ष पूरा गरेकी उनको पछिल्लो रिलिज फिल्म 'प्रसाद' हो । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्यो । नम्रताको अभिनयको पनि गबजकै प्रशंसा भयो । 
 
 
फिल्म छनोटमा निकै चुजी मानिने उनले आफ्नो डेढ दशक लामो फिल्म करिअरमा थुप्रै सम्झनलायक फिल्म गरेकी छन् । फिल्म 'मेरो एउटा साथी छ' उनको करिअरको 'टर्निङ पोइन्ट' साबित भएको थियो । यसपछि उनले करिअर फर्किएर हेर्नुपरेको छैन । पर्दामा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी सबैभन्दा फिट मानिन्छ । 
 
'प्रसाद' पछि नम्रता अभिनीत कुनै फिल्म रिलिज भएका छैनन् । न त कुनै नयाँ फिल्म साइन नै गरेकी छन् । उनको पाइपलाइनमा रहेको फिल्म ‘जाइरा’ आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्मका लागि उनले आफ्नो लोभलाग्दो कपाल समेत छोट्याएकी थिइन् । 
 
उनी यो फिल्मबाट निकै आशावादी रहेको बताउँछिन् । आशुतोष राज श्रेष्ठ यसका निर्देशक हुन् । अब्बल अभिनयका कारण चर्चामा रहने नम्रता केही वर्षयता पर्यटन व्यवसायी दावा शेर्पासँगको प्रेममा रमाइरहेकी छन् । उनीहरुको प्रेम खुल्ला किताबझैँ छ । प्रायः सार्वजनिक कार्यक्रममा नम्रता प्रेमी दावाकै साथमा पुगेकी हुन्छिन् । 
 
 
आफ्नो ३३ औं जन्मदिनमा नम्रताले आफू तत्काल बिहे गर्ने सोचमा नभएको बताएकी छन् । उनले भनिन्, 'अझै मलाई केही राम्रा फिल्म गर्नुछ । बिहे गर्नेबारे अहिले केही सोचेकी छैन ।' ‘जाइरा’ मा फाइटर बनेकी नम्रताले बाल्यकालमा भने आफू झगडालु स्वभावको रहेको स्मरण गरिन् । ‘जाइरा’ ले आफूलाई बाल्यकालमा फर्काएको पनि उनी बताउँछिन् । 
Most Visited News (monthly)