 (11).jpg)
 (9).jpg)
 (8).jpg)
 (1).jpg)
अभिनयको पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ शुक्रबारबाट ३३ वर्षमा प्रवेश गरेकी छन् । उनले शुक्रबार राजधानीमा एक कार्यक्रममा बीच आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ को टिमसँग जन्मदिन सेलिब्रेट गरिन् । यो फिल्ममा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि सहकार्य गरेको छ ।
नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्यतः उनी फोकस्ड छिन् । फिल्मको मुल कथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले फिल्मको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँँदै आएको छ । सार्वजनिक पोस्टरमा नम्रतालाई मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।
 (3).jpg)
.jpg)
(2).jpg)
.jpg)
.jpg)
'लभर गर्ल' को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन् । जन्मदिनको केक काट्दै उनले भनिन्, ‘यो फिल्मको स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ । स्क्रिप्टमा मात्र उसले तीन वर्ष खर्चेको छ । उसको मेहनत, लगाव र उसप्रति मलाई विश्वास भएर नै ‘जाइरा’ गरेकी हुँ ।’ उनले आफूलाई हरेक फिल्ममा निभाएको क्यारेक्टर चुनौतीपूर्ण लाग्ने पनि बताइन् ।
आफू हरेक क्यारेक्टरलाई उत्तिकै महत्त्व दिने उनको भनाई छ । उनी भन्छिन्, ‘मैले मेरो क्यारेक्टरलाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई सजिलै थाहा हुन्छ । दर्शकलाई झुक्याउन सकिन्न । त्यसैले म हरेक क्यारेक्टरलाई शतप्रतिशत दिने प्रयास गर्छु । मलाई हरेक क्यारेक्टर चुनौतीपूर्ण र हरेक फिल्म ड्रिम प्रोजेक्ट लाग्छ ।’ उनले ‘जाइरा’ बाट आफूले लभर गर्लको छवि मेट्ने प्रयास गरेको पनि बताइन् ।
.jpg)
 (7).jpg)
 (4).jpg)
.jpg)
एकसेएक सम्झनलायक फिल्म दिएकी नम्रता अभिनीत पछिल्लो फिल्म 'प्रसाद' गत वर्ष प्रदर्शनमा आएको थियो । यस फिल्ममा नम्रताको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको थियो । हरेक फिल्ममा अभिनयमा विविधता पस्किरहेकी नम्रता पहिलो पटक ‘जाइरा’ मा एक्सन अवतारमा प्रस्तुत हुन लागेकी हुन् । फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ ।

