Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिटिक्सले फिल्मको तारिफ गरे डराउँछन् सलमान

एजेन्सी, मुम्बई, 2019/06/14
ईदमा रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ ले बक्सअफिसमा जबरजस्त व्यापार गरिरहेको छ । फिल्मलाई लिएर सलमानका फ्यानमा लोभलाग्दो क्रेज छ । यसलाई यो कुराले पनि पुष्टि गर्छ कि फिल्मले अहिलेसम्म १ सय ७५ करोडको व्यापार गरिसकेको छ । ‘भारत’ ले केही दिनमा भारतबाटै २ सय करोडको आँकडा पार्ने गर्ने देखिन्छ । 
 
 
तर, एक समय सलमानको करिअर धरमर थियो । उनको फिल्म लगातार असफल भइरहेको थियो । तर, प्रभु देवाको ‘वान्टेड’ र फेरि ‘दबंग’ ले उनको करिअर सम्हाल्न ठूलो भूमिका खेल्यो । अहिले उनी बलिउडका ‘नम्बर वान’ अभिनेताको कुर्सीमा विराजमान छ । उनले अभिनय गरेका १४ वटा फिल्मले बक्सअफिसमा सय करोडको आँकडा पार गरेका छन्, जुन अरु अभिनेताको छैन । 
 
‘भारत’ को सफलताले हौसिएका सलमान भन्छन्, ‘मानिसहरु मेरो फिल्म मन पराउँछन् वा पराउँदैनन्, मलाई यसले फरक पार्छ । तर, कुनै क्रिटिक्सले मेरो फिल्मलाई कति स्टार दिन्छ वा दिँदैन, यसले मलाई कुनै फरक पर्दैन ।’ उनी आफू अभिनीत फिल्मलाई क्रिटिक्सबाट राम्रो रिभ्यू मिल्यो भने डराउने बताउँछन् । क्रिटिक्सको रेटिङ दर्शकको सोचसँग कहिल्यै मेल नखाने उनको भनाई छ । 
 
सलमान अगाडि भन्छन्, ‘म जुन फिल्म पनि गर्छु त्यो यसकारण कि मलाई त्यसको स्क्रिप्ट राम्रो लाग्छ । म चाहन्छु कि दर्शक आफ्नो लाइफ भुलेर थिएटरभित्र पसुन र मनोरञ्जन लिउन । उनीहरु थिएटरबाट निस्किएपछि हिरोको जसरी राम्रो व्यक्ति बनुन । म यो सबै चिजलाई ध्यानमा राखेर फिल्म गर्छु ।’ सलमान ‘भारत’ को सफलताले आफू र आफ्नो टिम उत्साहित भएको बताउँछन् । 
 
Most Visited News (monthly)